लोसपाद्वारा बैठक आह्वान

कान्तिपुर संवाददाता

काठमाडौँ — आगमी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टी बैठक बोलाएको छ । बिहीबार बस्ने उक्त बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन, सरकारमा सहभागिता, संगठन विस्तारलगायतका विषयमा छलफल हुने पार्टीका कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिए । 

लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरिरहेको भए पनि सत्ता गठबन्धनमा एक मात्र साझा उम्मेदवार बनाउने सहमति भएमा लोसपाले उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा समेत छलफल हुने जनाइएको छ ।

लोसपाले सरकारमा सहभागी हुने तयारीसमेत गरिरहेको र उक्त विषयमा पनि भोलिको बैठकमा छलफल हुने बताइएको छ ।


प्रकाशित : चैत्र ८, २०७९ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतको भेट

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको बधाई सन्देश चिनियाँ राजदूतले हस्तान्तरण गरेका छन् । नेपालका लागि चिनियाँ राजदूत चेन सङले बुधबार राष्ट्रपति पौडेललाई भेट गरी सीको सन्देश हस्तान्तरण गरेको बताए ।

चिनियाँ राष्ट्रपति सीको सन्देशमा दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

'सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूसँग शिष्टाचार भेट गरेकोमा मलाई धेरै खुसी लाग्यो। मैले चीनका राष्ट्रपति सी चिनफिङको बधाई सन्देश सम्माननीय राष्ट्रपतिज्यूलाई हस्तान्तरण गरेको छु। दुई नेताका मार्गदर्शनमा चीन-नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेछ !' बधाई सन्देश हस्तान्तरण गरेपछि चिनियाँ राजदूत चेनले भनेका छन् ।

राष्ट्रपति पौडेललाई यसअघि नै भारतीय समकक्षी द्रौपदी मुर्मूलगायतका उच्चपदस्थ अधिकारीहरूले बधाई दिइसकेका छन् । मुर्मूले राष्ट्रपति पौडेलसँग टेलिफोन कुराकानी साथै बधाई सन्देश पठाइसकेकी छन् ।

प्रकाशित : चैत्र ८, २०७९ २१:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×