कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

'द्वन्द्वका मुद्दा संक्रमणकालीन न्याय पद्दतिबाटै समाधान हुन्छ भन्ने सर्वोच्चलाई जानकारी छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले द्वन्द्वकालीन मुद्दा समाधान गर्ने विषय कुनै अमुक दलको मात्रै नभएर सिंगो राज्यको दायित्व रहेको बताएका छन् । ती मुद्दालाई कुनै एक दलले मात्रै नभएर सिंगो राज्य तथा सबै दल मिलेर समाधान गर्नुपर्ने उनले बताएका छन् ।

'द्वन्द्वका मुद्दा संक्रमणकालीन न्याय पद्दतिबाटै समाधान हुन्छ भन्ने सर्वोच्चलाई जानकारी छ'

ती मुद्दालाई संक्रमणकालीन न्याय पद्दतिबाट सल्टाउनुपर्ने उनको धारणा थियो । प्रधानमन्त्री पुष्पकमल दाहालमाथि परेको रिटको सन्दर्भलाई लक्षित गर्दै लेखकले भने, 'सर्वोच्च अदालतमा रिट पर्नु स्वभाविक हो । तर यो विषय कुनै एक दलको मात्रै विषय हैन । यो त सिंगो राज्यको विषय हो । सबै दल मिलेर यसलाई समाधान गर्नुपर्छ । यसका लागि विधेयकलाई चाँडो भन्दा चाँडो संसदमा अगाडि बढाउनुपर्‍यो र दोस्रो आयोग गठन गर्नुपर्छ । यसलाई संक्रमणकालीन न्याय पद्दतिबाट मात्रै समाधान गरिनुपर्छ ।'

द्वन्द्वकालीन मुद्दालाई सामान्य फौजदारी न्याय सम्पादनबाट समाधान नगरेर संक्रमणकालीन न्याय पद्दतिबाटै समाधान गर्नुपर्ने कुरा सर्वोच्च अदालतले पनि राम्ररी बुझेकोमा आफूलाई विश्वाव रहेको नेता लेखकले बताएका थिए ।

'द्वन्द्वकालीन मुद्दाको समाधान सामान्य फौजदारी न्याय सम्पादनबाट नभएर संक्रमणकालीन न्याय पद्दतिबाट हुन्छ भन्ने कुरा सर्वोच्च अदालतलाई पनि राम्ररी थाहा छ । यसबारे पहिले नै फैसला पनि आइसकेको छ । यस्ता मुद्दामा सामान्य फौजदारी कानुन आकर्षित हुँदैन । संक्रमणकालीन न्याय पद्दतिबाटै सम्बोधन हुन्छ भन्ने सर्वोच्च अदालतलाई राम्ररी थाहा छ।'

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध दर्ता भएको द्वन्द्वकालीन मुद्दाको पेशी बिहीबारका लागि तोकिएको छ । ज्ञानेन्द्रराज आरणसहितले मंगलबार दर्ता गरेको रिट निवेदनमाथि बिहीबार पेशी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

प्रकाशित : फाल्गुन २३, २०७९ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?