२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०४

सबै सामुदायिक विद्यालयमा निर्वाचन विशेष जागरण अभियान सञ्चालन गर्न राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले मतदाता शिक्षालाई प्रभावकारी बनाउन देशभरका सबै सामुदायिक विद्यालयलाई लक्षित गरी विशेष जागरण अभियान संचाललन गर्न आग्रह गरेकी छन् । निर्वाचन आयोगको आर्थिक वर्ष ०७८/०७९ को वार्षिक प्रतिवेदन बुझ्दै आइतबार राष्ट्रपति भण्डारीले निर्वाचनमा सबै मतदाताले निर्वाधरुपमा मतदान गर्न पाउने व्यवस्थाको सुनिश्चितता गर्न आग्रह गरिन् ।

सबै सामुदायिक विद्यालयमा निर्वाचन विशेष जागरण अभियान सञ्चालन गर्न राष्ट्रपति भण्डारीको आग्रह

'राष्ट्रपति भण्डारीले मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य निरन्तररुपमा संचालन हुनुपर्नेमा जोड दिँदै सबै मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ आफूलाई पायक पर्ने स्थानबाट मतदान गर्न पाउने व्यवस्था गर्न आग्रह गर्नुभएको छ । साथै उहाँले मतदान स्थलको सुरक्षा र सबै मतदाताले आफ्नो मताधिकार निर्वाधरूपमा प्रयोग गर्न सक्ने स्थितिको सिर्जना गर्न तथा निर्वाचनको समयपूर्व मतदाता शिक्षालाई घर परिवारस्तरसम्म पुर्‍याउन देशभरका सबै माध्यमिक विद्यालयलाई लक्षित गरी निर्वाचनसम्बन्धी विशेष जागरण अभियान सञ्चालन गर्न ध्यान दिन आग्रह गर्नुभयो,' आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेपछि विज्ञप्तिमार्फत भनेको छ ।

राष्ट्रपति भण्डारीले आवधिक निर्वाचन लोकतन्त्रको प्राण भएको भन्दै समयमै निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई धन्यवादसमेत प्रकट गरेकी छन् । आयोगले संविधानको धारा २९४ बमोजिम वि.सं. २०७८ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्ममा सम्पादन गरेका काम कारबाहीको विवरण समेटिएको सोह्रौँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको हो ।

प्रतिवेदन पेस गर्दै आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको संचालन, व्यवस्थापन, रेखदेख, नियन्त्रण र निर्देशनका क्रममा आयोगले संविधान र कानुनको अधिनमा रही कार्य सम्पादन गरेको र प्राप्त सुझावका आधारमा एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको बताएका थिए ।

आयोगले एक वर्षको अविधमा १४१ पटक आयोगको बैठक बसी कुल ६२४ वटा निर्णयहरू गरेको जनाएको छ ।



प्रकाशित : माघ २९, २०७९ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?