कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रास्वपाले दियो सरकार छोड्ने संकेत

राजनीतिक कोर्स करेक्सन गर्छौं, मन्त्रीहरूले मान्नुहुन्छ : महामन्त्री ढकाल
जयसिंह महरा

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार छोड्ने संकेत दिएको छ । यसै विषयमा छलफल गर्नका लागि बिहीबार ४.३० बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले पार्टीले वर्तमान राजनीतिक 'कोर्स करेक्सन'को निर्णय लिन लागेको बताए ।

रास्वपाले दियो सरकार छोड्ने संकेत

इकान्तिपुरसँगको कुराकानीमा उनले सरकारमा सहभागिताबारे पार्टीले निर्णय लिने बेला आएको बताए ।

वर्तमान राजनीतिले रास्वपालाई 'खेल'मा पारेको भन्दै अब त्यसमा सहभागी नहुने निर्णय हुने सम्भावना रहेको ढकालको भनाइ छ । 'हामीले जनताको पक्षमा धेरै सम्झौता गर्‍यौं । केही न केही परिवर्तन चाँडो गर्नुपर्छ भन्ने थियो । राजनीतिक कम्प्रोमाइज गर्न हुन्न भन्ने थियौं । देश र जनताको पक्षमा काम गर्न सकिँदैन रहेछ, यसरी हुँदैन भन्ने हो,' उनले भने, 'परिवर्तनको पक्षमा कहिँ केही पनि छैन । हामीले एउटा त्रुटि भएपनि सच्याइसकिएको स्थिति छ । यो राजनीतिक खेलमा यताउति भएन । जनताको गृहमन्त्री छैन आज, यसरी त कसरी हुन्छ ?'

केन्द्रीय समिति र संसदीय दलको बैठकले गरेका निर्णय सरकारमा सहभागी मन्त्रीले पनि मान्ने ढकालको भनाइ छ । 'संसदीय दल र पार्टी केन्द्रीय समितिले निर्णय गर्छ । पार्टी सोहीअनुसार अगाडि बढ्छ । यसमा उहाँ (मन्त्री)हरू पनि मान्नुहुन्छ । उहाँहरूले पार्टीमा धारणा राखेर कुरा मान्नुहुन्छ ।'

पार्टीमा समग्र रूपमा पार्टीमा जाने र 'राजनीतिक कोर्स करेक्सन गरौं' भन्ने किसिमले आजको बैठकबाट निर्णय हुने ढकालको भनाइ छ ।

रास्वपाले बिहीबार साढे ४ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बोलाइएको छ ।

प्रकाशित : माघ १९, २०७९ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?