कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

सभापति रविले भने : 'मेरो मौनता आज सम्मका लागि मात्रै हो'

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय बसुन्धारामा साढे ४ बजेका लागि बोलाइएको हो ।

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको बताए । सरकारमा सहभागी भएर पनि जनताका पक्षमा काम गर्न नसकेको विषयमा छलफल हुने उनले बताए । यसरी नसकिने रहेछ भनेर पार्टीमा छलफल हुन लागेको उनले जानकारी दिए ।

पार्टी सभापति रवि लामिछानेले विगतमा गरेको त्रुटिलाई लिएर सर्वोच्चबाट फैसला आएको र त्यसलाई सुधार गर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहालबाट सकरात्मक सन्देश नपाएको पनि ढकालले बताए । त्यसैले अब नयाँ शिराबाट अगाडि जान लागेको उनको भनाइ छ ।

यसैबीच सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो मौनता आजसम्मका लागि मात्र रहेको बताएका छन् । 'अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला,' उनले लेखेका छन्, 'मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन।'

प्रकाशित : माघ १९, २०७९ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?