कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नापी कार्यालयका सर्भेक्षक घुससहित पक्राउ

काठमाडौँ — नापी कार्यालयका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी कर्मचारी नेत्रबहादुर पोखरेललाई पक्राउ गरेको हो । आयोगका अनुसार चौलागाई र पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना पाएपछि आयोगको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो ।

प्रकाशित : माघ २४, २०८० २३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×