कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

८० लिटर रक्तचन्दनको तेलसहित ८ जना पक्राउ 

काठमाडौँ — ८० लिटर रक्तचन्दनको तेलसहित प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । काठमाडौंको चुच्चेपाटीमा २ लाख ५० हजार रुपैयाँको दरले रक्तचन्दनको अवैध कारोबार भईरहेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत शुक्रबार उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

८० लिटर रक्तचन्दनको तेलसहित ८ जना पक्राउ 

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–७ चावहिलका ३० वर्षीय सुशिल पाठक, कालिकोट, रासकोट नगरपालिका–८ घर भई चावहिल बस्ने २८ वर्षीय विनोद बराल, सुर्खेत विरेन्द्रनगर नगरपालिका–१५ घरभई कलंकी बस्ने ३६ वर्षीय ज्ञान बहादुर ओली, रामेछाप लिखु तामाकोसी गाउँपालिका–२ घरभई काँडाघारी बस्ने ३५ वर्षीय नविन दाहाल, ३९ वर्षीय गोकर्ण हरि दाहाल छन् ।

त्यस्तै, बाँके कोहलपुर नगरपालिका–११ घरभई चावहिल सरस्वतीनगर बस्ने ५८ वर्षीय निल कान्त भुसाल, धादिङ निलकण्ठ नगरपालिका–९ घरभई जडीबुटी बस्ने ६३ वर्षीय मोहनबहादुर विश्वकर्मा र सोलुखुम्बु माप्यदुधकोशी गाउँपालिका–६ घरभई काठमाडौं महांकाल बस्ने ४० वर्षीय खेमराज घिमिरे छन् । उनीहरुको साथबाट प्रहरीले २ करोड रुपैयाँ पर्ने ८० लिटर रक्तचन्दनको तेल बरामद गरेको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १५, २०८० १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?