कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पशुपति सफाइको ११ औं हप्ता : पर्यटनमन्त्रीले थाले भ्रष्टाचारविरोधी अभियान 

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको नेतृत्वमा सुरु भएको तीन महिने पशुपति सरसफाइ अभियानको ११ औं हप्ता शनिबार पूरा भएको छ । ११ औं हप्तामा आइपुग्दा भ्रष्टाचारविरोधी अभियान पनि जोडिएको छ । ‘भ्रष्टाचार हाम्रो प्रमुख शत्रु हो’ भन्दै आएका मन्त्री किरातीले यसविरुद्ध सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने बताए । 

पशुपति सफाइको ११ औं हप्ता : पर्यटनमन्त्रीले थाले भ्रष्टाचारविरोधी अभियान 

अनियमिततालाई शुन्य नबनाई मुलुक अगाडी बढ्न नसक्ने मन्त्रीले किरातीले बताएकाछन् ।

शनिबार पशुपति सरसफाइ अभियानमा सहभागीहरुले भ्रष्टाचारविरोधी विभिन्न नारा लेखिएका पर्चा भिरेर भ्रष्टाचारको सांकेतिक विरोध जनाए । ‘भ्रष्टाचार हाम्रो प्रमुख शत्रु हो, भ्रष्टाचार हामीलाई असह्य हुनेछ, नागरिकलाई शरणार्थी बनाउने देशद्रोही हुन, खबरदार सरकार भ्रष्टाचारीले उन्मुक्ति नपाओस्, भ्रष्टचारीलाई नछोडियोस्, नेता र नाता नछुटाइयोस्’ जस्ता नारा लेखिएका पर्चा लिएर शनिबारको पशुपति सरसफाइ सम्पन्न भएको छ ।

११ हप्तासम्म आइपुग्दा भौतिकरुपमा केही सुधार आएको पशुपतिमा आमनागरिकले त्यहाँ हुने नीतिगत फोहोरबारे भने अझै प्रश्न उठाउन छाडेका छैनन् । नीतिगत फोहोर सफा गर्न जनदबाबका लागि सरसफाइ अभियान गरिएको मन्त्री किरातीले बताए । तीन महिने अभियान सम्पन्न भएपछि पनि बौद्ध, स्वयम्भूलगायतका धार्मिक तथा पर्यटकीय स्थलहरु सरसफाइ गरिने मन्त्री किरातीले बताए ।


प्रकाशित : वैशाख ३०, २०८० २२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?