कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछापमा नाकाबन्दीमा बढेको गाडी भाडा बल्ल घट्यो

टीकाप्रसाद भट्ट

रामेछाप — नाकाबन्दीले इन्धनको भाउ बढेको भन्दै एक बर्ष अघि बढाइएको सार्वजनिक यातायातको भाडा बल्ल घटेको छ ।

जिल्ला यातायात समितिको बैठकले मंगलबार देखि लागू हुने गरी भाडा घटाउने निर्णय गरेको छ ।  निर्णय बमोजिम अव काठमाडौं मन्थलीको एकतर्फी भाडा साना सवारी साधनमा ५ सय र सार्वजनिक बसमा ३ सय ४५ निर्धारण भएको हो ।

यसअघि साना सवारीले ६ सय ५० र बसले ४ सय ६२ रुपैया लिदै आएका थिए । यातायात व्यवसायीले सरकारले तोकेको भन्दा बढी भाडा लिएर सर्वसाधारण यात्रु ठगिएको भन्दै गुनासो बढदै गएको बेला उक्त निर्णय भएको हो । भाडा घटाउने बैठकमा यातायात व्यवसायीहरु समेतको सहभागिता रहेको थियो ।

राज्यले साना ठुला नतोकि एउटै भाडा दर निर्धारण गरेको छ । तर साना सवारी साधनमा थोरै मात्र यात्रु अटाउने, बीचमा यात्रु नथप्ने र समयमानै गन्तव्यमा लैजाने गरेकोले तोकिए भन्दा बढी १ सय ५५ रुपैयाँ भाडा लिन पाउने गरी निर्धारण भएको हो ।

 

 

 

प्रकाशित : श्रावण १०, २०७३ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?