कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

हराउँदै लोक सँस्कृति

राजबहादुर शाही

मुगु — जिल्लामा स्थानीय मौलिकता झल्कने लोक संस्कृति हराउँदै जान थालेपछि श्रीकोट गाविसका देउडा गायक कल्से भियाल चिन्तित छन् । पश्चिमेली संस्कृतिको प्रभावले गर्दा स्थानीय कला संस्कृति भेषभूषा लोप हुन थालेपछि कल्सेलाई चिन्ता हो ।

हराउँदै लोक सँस्कृति

स्थानीय मौलिकताको जगर्ने गर्न नसक्दा पहिचना मेटिँदै गएको उनको गुनासो छ ।
 
विवाह ब्रतबन्ध, कुनै मेला पर्वजस्ता शुभकार्यमा बजाइने दमाहा, हुड्केनाच, डोल नाच, सनाई बाजा, डाल तरबार नाच, नहसिङ्ग, पटुका नाच, जस्ता लोक संस्कृति झल्काउने पुर्ख्यौली बाजागाजा हराउँदै गएका छन् । अचेल उक्त कार्यमा शहरी क्षेत्रबाट ल्याइएका बोर्डिङ स्कुलमा प्रयोग गरिने स्टिलका डोल प्रयोग हुन थालेका छन् । दलित वर्गको पहिचनाको रुपमा चिनिएको दमाह बाजा अचेल छोड्दै आएका छन् ।
 
दमाहा बाजा तामा र छालाबाट बनेको र आवाज निकै तिखो टाढा सुनिने गर्छ । परापूर्वकालमा दमाह बाजालाई सञ्चार भनेर चिन्ने गरिन्थो । गाउँमा मान्छे जम्मा गर्नु पर्‍यो भने दमाह बजाइन्थो । सनाई, नरसिङ्ग, ताल पनि हिजो-आज गाउँघरमा बज्न छोडे । घरमा भएका यिनै बाजा पनि कसैले बिक्री गरेका त कोहीले बिगारेर घरको अँध्यारो कुनामा थन्क्याएर राख्ने गरिएको पान्छन् ।
 
बाजा बजाएरै जीविको निर्वाह गर्दै आएका अधिकांश तल्लो वर्गका दलित जाति अब आफ्नै पेसालाई लाज मान्न थालेका छन् । गाउँघरमा विवाह ब्रतबन्धजस्ता कार्यको लागि स्थानीय बाजा खोज्नु पर्ने अवस्था आएको छ । उति बेला मुगुमा हुड्के नाच पनि लोकप्रिय मानिन्थो । विवाह ब्रतबन्ध, देउसी भैलीजस्ता कार्यमा हुड्के नाच्ने चलन थियो । अचेल दूरदराजका गाउँबस्तीमा हुड्को देख्न मुस्किल भएको छ ।

सीमित मनोरञ्जनको लागि मात्र नभएर कुनै बेला भोकमरी फैलिँदा दलितहरुले घरदैलोमा हुड्को खेलेर पाथी अनाज माग्ने चलन पनि थियो । अब यो चलनको पनि अन्त भएको स्थानीयको भनाइ छ । यहाँ स्थानीय लोकबाजा मात्र नभएर देउडा, झोडा चम्फा नाच, बालो, हरिणु नाच, मागल, चाँचरी र पुख्र्यौली महिलाको भेषभूषा आँगो, चक्री, नथन, गुलाकी, चन्दमा, माला, जाले,रानीपोत, नानीमाला हराउँदै गएको छ ।
 
बूढी महिलाहरुले पुराना गरगहना लगाएर मेला पर्वमा झोडा, चम्फा खेलेर रमाइलो गर्ने चलन पनि इतिहास हुन थालेको छ । पुरुषहरुले दौरा सुरुवाल, टोपी गाएर देउडा खेल्ने, कचहरी बस्ने चलन हटेको छ ।

तराईबाट गाउँतिर पस्दै गरेको पहिरन र लत्ताकपडाले गर्दा पराम्परागत पहिरन ओझेलमा परेको छ । महिला पुरुष युवायुवतीले स्थानीय पहिरन चटक्कै छोडेर शहरतिरका पहिरन प्रयोग गर्न थलेका छन् । करिब एक दशक अघिसम्म मेला पर्व, विवाह, ब्रतबन्ध, न्वारनजस्ता रत्यौलीको राति महिलाले मालग गाउने, झोडाचम्फा खेल्ने चलन उत्तिकै लोकप्रिय थियो । बिस्तारै यो संस्कृति चलन पनि अन्त भएको छ । 

प्रकाशित : पुस १६, २०७३ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?