१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

लागूऔषधसहित दुई युवक पक्राउ

लहान — प्रहरीले शनिबार बिहान सिरहा नगरपालिका– ११ बाट लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको चन्द्रअयोध्यापुर– ७ निवासी २७ वर्षीय शत्रुघन ठाकुर र ओखलढुङा ज्यामिरे– ५ निवासी २९ वर्षीय लालबहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले शनिबार बिहान सिरहा नगरपालिका– ११ बाट लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको चन्द्रअयोध्यापुर– ७ निवासी २७ वर्षीय शत्रुघन ठाकुर र ओखलढुङा ज्यामिरे– ५ निवासी २९ वर्षीय लालबहादुर खड्का रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिरहा–चोहर्वा सडक खण्डबाट २९ बोतल कोरेक्स र ९८ पिस नाइट्रोसन ट्याब्लेटसहित दुबै जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । रासस

प्रकाशित : पुस १६, २०७३ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?