कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

लिंगको आधारमा पूर्वाग्रही हुनुहुँदैन : न्यायाधीश पुडासैनी

काठमाडौँ — उच्च अदालत विराटनगरकी न्यायाधीश श्रीधरा कुमारी पुडासैनी पुरुष र महिला न्यायधीशमा तात्त्विक भिन्नता नरहेको बताएकी छन् । कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी म्यागेजिनले विराटनगरमा बुधबार आयोजना गरेको 'संक्षम नारी –सवल नेतृत्व' शीर्षकमा उनले लिंगको आधारमा पूर्वाग्रही हुन नहुने बताइन् । 

लिंगको आधारमा पूर्वाग्रही हुनुहुँदैन : न्यायाधीश पुडासैनी

'इजलासमा पुरुष होस् वा महिला, हामी कसैप्रति पुर्वाग्रही हुँदैनौं । दुवैले गर्ने काम न्याय सम्पादन नै हो । पुरुष र महिला न्यायाधीशमा तात्त्विक भिन्नता हुन्छ जस्तो लाग्दैन । त्यहाँ हामी पुरुष महिला हुँदैनौं । मात्र न्यायाधीश हुन्छौं । कानुन बमोजिम नै न्याय सम्पादन गर्छौं,' उनले भनिन् ।

बिहेपछि आफ्नो करिअर सुरु गरेकी पुडासैनी अहिले महिला पनि न्यायाधीश हुन्छन् भन्ने मानसिकताको विकास भइसकेको बताउँछिन् । 'महिला पनि न्यायाधीश हुन्छन् भन्ने मानसिकता विकास भइसक्यो । दुरदराजमा अझै पनि महिला न्यायाधीश भन्दा आश्चर्य मान्नेहरू हुन्हुन्छ,' उनले भनिन् ।

‘महिलामा लगानी गरौं, प्रगतिको गति बढाऔं’ नारासहित नारी मासिकले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्थानीय आवाज उजागर गर्न यस पटक कोशी प्रदेशमा कार्यक्रम आयोजना गरेको हो ।

प्रकाशित : फाल्गुन २३, २०८० १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?