कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'राष्ट्र बैंकले लघुवित्तको अनुगमन कडाइका साथ गरिरहेको छ'

काठमाडौँ — नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था पर्यवेक्षण विभागकी सिर्जना बास्तोलाले लघुवित्तमा कर्जा विस्तार भएअनुसार दुरुपयोगको घटनामा पनि वृद्धि भएको बताइन् ।

'राष्ट्र बैंकले लघुवित्तको अनुगमन कडाइका साथ गरिरहेको छ'

कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकले बुधबार विराटनगरमा आयोजना गरेको निर्भीक नारी कार्यक्रमको चौथो सत्र 'लघुवित्तले उद्यमी बनायो, ऋण तिर्न नसक्दा समस्या निम्त्यायो'मा बोल्दै उनले ऋण दिँदा गर्नुपर्ने मुल्यांकनहरुमा कमजोरी भएका कारण केही संस्थाहरू समस्याग्रस्त भएका हुन् ।

'जथाभावी ऋण दिँदा ऋणग्रस्तता बढी भयो । अस्वस्थ्य प्रतिस्पर्धा पनि बढ्यो । जथाभावी ऋण विस्तार भयो तर अनुगमनमा कमजोरी हुँदा त्यो खराब ऋणमा परिवर्तन भए,' उनले भनिन्, 'हामीले समस्याहरूलाई पहिचान गरेर त्यसका समाधानका उपयाहरू पनि अवलम्बन गर्न सहयोग गर्नुका साथै नियमन पनि गरिरहेका छौं । खासमा यो आफैं नियमन हुनुपर्ने क्षेत्र हो । तर वित्तिय पहुँच बढाउने नाममा यो धेरै विस्तार भएपछि राष्ट्र बैंकले हस्तक्षेप गर्नुपरेको हो ।'

उनले हालको समस्यालाई समाधान गर्न कर्जा सूचना केन्द्रबाट सूचना नलिइ कर्जा लगानी गर्न नदिन राष्ट्र बैंकले कडाइका साथ अनुगमन गरिरहेको पनि बताइन् ।


प्रकाशित : फाल्गुन २३, २०८० १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?