लघुवित्तको ऋणले मेरो आर्थिक हैसियत सुध्रियो : नाशिमा खातुन

फाल्गुन २३, २०८०

कान्तिपुर संवाददाता

Microfinance loans improved my financial status: Nashima Khatun

काठमाडौँ — लघुवित्तबाट आठ हजार रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरेकी नाशिमा खातुन अहिले आर्थिक रुपमा सबल भएकी छिन् ।

कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकले बुधबार विराटनगरमा आयोजना गरेको निर्भीक नारी कार्यक्रमको चौथो सत्र 'लघुवित्तले उद्यमी बनायो, ऋण तिर्न नसक्दा समस्या निम्त्यायो'मा बोल्दै नाशिमाले आफ्नो आर्थिक हैसियतमा लघुवित्तकै ऋणका कारण परिवर्तन आएको बताइन् ।

'मैले पहिला ८ हजार लिएँ र श्रीमानले कवाडीको व्यापार सुरु गर्नुभयो । त्यो रकम मैले एक वर्ष लगाएर तिरें र पछि २० हजार लिएँ । त्यसरी नै मेरो क्षमता बढ्दै गयो,' उनले भनिन्, 'मैले ऋण काढेरै बालबच्चालाई पनि पढाएँ । अहिले उनीहरू पनि आफ्नै व्यापार गरेर बसेका छन् ।'

उनका अनुसार लघुवित्तले नै बिना धितझ ऋण दिएकै कारण उनले आफ्नो छोरालाई विदेशमा काम गर्न पठाउनुको साटो जुत्ता पसल खोलिदिएर स्वरोजगार हुन सहयोग गर्न सकिन् ।

'मैले ऋण लिएर व्यापार गरेकै कारण घर-जग्गा जोड्न सकें,' उनले भनिन्, 'अहिले मलाई राम्रो छ, खुशी छु ।'

कान्तिपुर

Link copied successfully