नर्भिक अस्पतालमा नि:शुल्क न्युरो क्याम्प हुने


काठमाडौँ — वरिष्ठ स्नायु रोग विशेषज्ञ डा. राजीव झा नेतृत्वको टिमले थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ । नर्भिकमा पनि कार्यरत डा. झा नेतृत्वको टिमले आगामी शनिबार(जेठ २७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपिडी(न्यूरो क्याम्प) सञ्चालन गर्ने भएको हो ।


नेपालीमा पछिल्लो समय ब्रेन ट्यूमरको समस्या बढ्दो छ । यसैलाई मध्यनजर गरी ‘वर्ल्ड ट्यूमर डे’को अवसर पारेर झाले निःशुल्क ओपीडी सेवा दिन लागेका हुन् । उनले सो क्रममा ब्रेन ट्यूमरका केसहरुमा फोकस रहेर बिरामीहरुको जाँच गर्ने नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ ।
हस्पिटलले विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विभिन्न रोगका विशेषज्ञहरुको सहभागितामा निःशुल्क ओपीडी सञ्चालन गर्दै आइरहेको छ । यो क्रममा सर्वसाधारणहरुको सहभागिता समेत उल्लेख्य हुने गरेको छ ।
प्रकाशित : जेष्ठ २५, २०८० १७:३५