२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८१

नौ लाख घरधुरीमा वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ — इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको संख्या नौ लाख पुगेको छ । कम्पनीले पछिल्लो नौ महिनाको अवधिमा एक लाख ग्राहक थपेर ९ लाख पुर्‍याएकाे हाे ।

नौ लाख घरधुरीमा वर्ल्डलिंकको इन्टरनेट

०७४ जेठमा एक लाख ग्राहकलाई इन्टरनेट कनेक्सन उपलब्ध गराउन सफल भएको थियो । ०७५ साल जेठसम्म आइपुग्दा कम्पनीका ग्राहक दुई लाख नाघेका थिए भने माघ महिनामा कम्पनीले तीन लाख ग्राहकलाई आफ्नो नेटवर्कमा जोड्न सफल भएको थियो । सेवा विस्तारसँगै ग्राहकलाई सेवा उपलब्ध गराउने क्रममा वर्ल्डलिंकले ०८० भदौमा आठ लाख ग्राहक पुगेको थियो ।

ग्राहकहरूलाई थप प्रभवकारी र गुणस्तरीय सेवा उपलब्ध गराउनका लागि हाम्रो सेवा र क्षमतालाई थप विस्तार गर्न प्रतिबद्ध रहेको कम्पनीका सीईओ केशव नेपालले बताए । घरायसी, साना तथा मझौला व्यवसाय तथा कर्पोरेट गरी विभिन्न प्याकेजमा ग्राहकको आवश्यकता अनुसार सहुलियत दरमा कम्पनीले सेवा उपलब्ध गराउँदै आएको छ । २९ वर्षअघि कम्पनीका संस्थापक दिलीप अग्रवालले अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट वर्ल्डलिंकको यात्रा सुरु भएको थियो ।

प्रकाशित : वैशाख १२, २०८१ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?