बीवाईडीका गाडी किन्न प्रभु बैंकले ८० प्रतिशत सम्म कर्जा दिने 

कान्तिपुर संवाददाता

काठमाडौँ — बिवाईडी अटो इन्डस्ट्रिज कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता साईमेक्स इन्कले प्रभु बैंकसँग वित्तीय सम्झौता गरेको छ । यो सम्झौताअनुसार बीवाईडीको विद्युतीय गाडी किन्न प्रभु बैंकले सरल रुपमा ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्नेछ । साइमेक्स इन्कका प्रमुख वित्त अधिकारी मेमन धौगाडाले प्रभु बैंकसँगको सम्झौताले विद्युतीय गाडीमा थप पहुँच विस्तार हुने बताए ।

प्रभु बैंकका उपभोक्ता बैंकिङ प्रमुख वीरेन्द्र भट्टले विद्युतीय सवारी साधनमा स्विच गर्न चाहने ग्राहकको आवश्यकताअनुरुप बैंकले वित्तीय सहयोग गर्ने बताए । यो सहमतिपश्चात बीवाईडीका कुनै पनि डिलरबाट सवारी साधन खरिद गर्दा प्रभु बैंकबाट ५ वर्षे अवधिसम्म हुनेगरी ८० प्रतिशतसम्म ग्राहकले कर्जा प्राप्त गर्न सक्नेछन् । प्रभु बैंकका देशभर ३६५ शाखा, ७१ एक्सटेन्सन काउन्टर र ३०९ एटीएम सञ्चालनमा छन् । साईमेक्सले नेपालमा ६४.९० लाख रुपैयाँको अट्टो ३ तथा ५९ लाख रुपैयाँको अल न्यू ई ६ गाडी उपलब्ध गराउँदै आएको छ ।


प्रकाशित : चैत्र ८, २०७९ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्

अशोक लेल्यान्डका गाडी किन्न नबिल बैंकले कर्जा दिने 

कान्तिपुर संवाददाता

काठमाडौँ — कमर्सियल भेइकल उत्पादक अशोक लेल्यान्डको गाडी किन्न नबिल बैंकले सहज रुपमा कर्जा प्रवाह गर्ने भएको छ । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक विक्रेता आईएमई मोटर्स र बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा आईएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरे । सो अफर अन्तर्गत अशोक लेल्यान्डका देशभर रहेका १७ सोरुममध्ये जुनसुकैबाट सवारी किन्दा नबिल बैंकको कुनै पनि शाखाबाट कर्जा प्राप्त गर्न सक्ने आईएमई मोटर्सले जनाएको छ । कम्पनीका अनुसार सवारी साधन किन्नका लागि बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ । कम्पनीले हालै लाइट कमर्सियल भेइकल ‘दोस्त’का लागि ५ वर्षे वारेन्टी समेत घोषणा गरेको छ ।


प्रकाशित : चैत्र ८, २०७९ १९:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×