कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

पूजालाई स्रष्टाको साथ

काठमाडौँ — म्याग्दीकी एक विपन्न छात्रालाई रंगकर्मी, साहित्यकार लगायतको टोलीले सघाएको छ ।

पूजालाई स्रष्टाको साथ

केही अघि घरमा खानेकुरा र कापीकलम किन्ने पैसासमेत नभएपछि निवेदन लेखेर ‘विद्यालयबाट रेस्ट्रिकेटको याचना’ गरेकी पूजा खत्रीलाई सहयोगी हातहरू अघि बढेका हुन् । कवि अनिता लामाको पहलमा विभिन्न व्यक्तिमार्फत प्राप्त १ लाख ३५३ रुपैयाँ हालै हस्तान्तरण गरिएको छ ।

उनलाई सघाउनेहरूमा रंगकर्मी रोजिता बुद्धाचार्य, कवि वासुदेव अधिकारी, स्नेह सायमी, डा. पराक्रम पराजुली, अमृत खाती, फुर्वा तेन्जिङ शेर्पा, चन्दन कौशिक, कल्पना घिमिरे, भगवती गौतम, सारा रिमोवल्स, नमस्ते ट्राभल एन्ड टुर्स अस्ट्रेलिया लगायत छन् । यसैबीच दाह्री ग्याङ अस्ट्रेलियाले दुई वर्षका लागि शैक्षिक सामग्री किनिदिने भएको छ ।

खत्रीलाई दुई वर्षका लागि स्कुल पोसाक, कापी–कलम लगायत सम्पूर्ण खर्च बेहोर्ने दाह्री ग्याङका व्यवस्थापक सरोज भण्डारीले जनाए । ‘एउटा अनलाइनमा समाचार देखेपछि हामी भावुक भयौं,’ सहयोगका लागि पहलकर्ता अनिता लामाले भनिन्, ‘हाम्रो थोरै सहयोगले दुर्गमकी एक बच्ची कम्तीमा पनि स्कुल जान पाउने भइन् ।’

प्रकाशित : भाद्र १८, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?