मादलवादक गिरी सम्मानित- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मादलवादक गिरी सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — वरिष्ठ मादलवादक प्रेमदेव गिरी सम्मानित भएका छन् । नेपाल सांस्कृतिक संघले गरेको कार्यक्रममा गिरीलाई १० हजार रुपैयाँसहित सम्मान गरेएको हो । 


कार्यक्रममा लोकबाजा संग्रहालयका कलाकारले मौलिक वाद्यवादन सम्बन्धी प्रस्तुति पनि दिए । कलाकार रामप्रसाद रसाइली र उनका साथीहरूले मौरी बाजा र होमनाथ भण्डारीले मुर्चुंगा बजाए । मौरी बाजामा ‘किरेमिरे जाले रुमाल’ गीतको धुन बजाएर कार्यक्रमको सुरुवात भएको थियो ।


त्यस्तै, सडक संगीत समूहका मीनु वाइबा, रूपकमल क्षत्री, बाबुराजा महर्जन, विशाल महर्जन लगायतले सारंगी, मादलमा मंगल धुन बजाए । त्यसपछि उनीहरूले एकपछि अर्काे गर्दै नेपाल

भाषाको ‘शिलु धुन’, झलकमान गन्धर्वको ‘आऊ बसौं थकाइ मारौं...’, नेपाल भाषाकै ‘सिरसाया हेगु...’, ‘सुन काटी ढुंग्रीलाई..’ रोइला गीत, ‘सलल मलेवा..’ लगायत सुनाए ।


कार्यक्रममा टोलीसँगै वरिष्ठ गायक कुमार बस्नेतले ‘सुर्खेत बुलबुल ताल..’ गाए । त्यस्तै गायक शंकरसिंह विष्टले देउडा गीत सुनाए । रत्न विक र साथीहरूको सारंगी, बाँसुरी र मादलको जुगलबन्दी पनि दर्शकश्रोताले मन पराए । सानु तामाङ र संगीता रायमाझीले आधुनिक गीत गाए ।

प्रकाशित : माघ १५, २०७४ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्

श्रुति र सम्बन्ध

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय नायिका/गायिका श्रुति हासनको लभ अफेयरबारे प्रशस्तै हल्ला चल्ने गर्छ । उनको नाम धेरै जनासँग जोडिइसकेको छ । तर, जति गाइँगुइँ भए पनि उनी यसबारे ढुंगा बोल्छ, मान्छे बोल्दैनको स्थितिमा बसिदिन्छिन् ।

अहिले पनि कुरा उस्तै छ । आइतबार ३२ औं जन्मदिन मनाएकी उनी बेलायती अभिनेता माइकल कोर्सेलसँग सम्बन्धमा रहेको बताइन्छ । यद्यपि, उनले हो/होइन बताएकी छैनन् ।

यसपालिको सम्बन्धबारे भारतीय सञ्चारमाध्यमले अलि बढी निश्चितता देखाएका छन् । तिनले श्रुति र माइकलको सेल्फी फेला पार्नुका साथै उनीहरूलाई मुम्बईमा सँगै भेट्टाएका थिए । यति भएपछि के चाहियो, मिडियाले उनीहरूबीच खिचडी पाकेकै हो भनी ठोकुवा गर्न थालेका छन् । माइकल स्वास्थ्योपचारका लागि भारत आएका बेला उनीहरूको घनिष्ठता बढेको थियो । दुईका परिवारले समेत उनीहरूको सम्बन्ध स्विकारेको खबर छ ।

यसअघि श्रुतिलाई अभिनेता सिद्धार्थ, धनुष, विद्युत जामवाल, नागा चैतन्य, गिरीश कुमार र क्रिकेटर सुरेश रैनासँग निकट देखिएको थियो । सुरेशले टवीटरमार्फत त्यो कुरा झुटो भएको बताए पनि उनी मैदानमा
छँदा श्रुतिलाई समर्थकका रूपमा स्टेडियम पुगेको देखिन्थ्यो । रजनीकान्तका ज्वाइँसमेत रहेका धनुषसँग श्रुति नजिकिएपछि लफडा आइलागेको थियो । धनुषले आफूहरूबीच त्यस्तो केही नभएको भन्दै वक्तव्य नै जारी गरे ।

सिद्धार्थसँग त उनी एकताका लिभ–इन रिलेसनसिपमै थिइन् । उनीहरू डेढ वर्ष सँगै बसे । पछि श्रुतिले अर्का अभिनेता नागासँग विवाह गर्ने हल्ला सुनियो । उनीसँग पनि ब्रेकअप भएपछि श्रुति ‘रमैया–वस्तावैया’ एक्टर गिरीशसँग सम्बन्धमा रहेको गाइँगुइँ चल्यो । तर, गिरीशसँगको हल्ला फिल्मको प्रचारका लागि मात्र भएको बताइयो । यत्तिका हल्लाखल्लापछि माइकलसँग चाहिँ श्रुति गम्भीर भएको अड्कल गरिएको छ ।
-एजेन्सी

प्रकाशित : माघ १५, २०७४ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×