कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुवाहाटीमा नेपाली भाषा–साहित्य विमर्श

काठमाडौं — समकालीन नेपाली साहित्यिक लेखन तथा डायस्पोरिक साहित्यिक स्थितिका बारेमा परामर्श गर्न आसामाको गुवाहाटीस्थित नेपाली मन्दिरमा बृहत छलफल कार्यक्रमको आयोजना गरिएको छ ।

गुवाहाटीमा नेपाली भाषा–साहित्य विमर्श

बरिष्ठ साहित्यकर्मी लीलबहादुर क्षत्रीको उपस्थितिमा शनिबार आयोजित छलफलमा भारतीय नेपाली लेखकहरुले नेपालबाट प्रकाशित र प्रचारित पुस्तक, रचना, सामग्री सहजै उपलब्ध हुन नसकिरहेको कठीनाइका बारेमा धारणा राखेका थिए ।

छलफलका प्रमुख अतिथि समालोचक डा.गोविन्दराज भट्टराईले अहिले नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गत भैरहेको अनुवाद परिचय कोषका बारेमा जानकारी दिंदै देश–भूगोल भिन्न भएपनि भाषिक र साहित्यिक डोरीले नेपालीभाषी हुनुको बृहत आयामलाई समेटिरहेको धारणा राखेका थिए । 

डा.भट्टराईले नयाा चेतना र विम्वको प्रयोगसहित आइरहेको नेपाली डायस्पोरिक लेखनको क्षितिज दिनानुदिन फराकिलो बन्दै गएको भन्दै यो आयामलाई नेपाल प्रज्ञा प्रतिष्ठानसहितका सम्बद्ध निकायले अझ समेटेर लैजानुपर्ने बताएका थिए ।  

असम नेपाली साहित्य सभा तथा नेपाली मन्दिर आयोजक रहेको समारोहमा प्रखर लेखक नव सापकोटा, दुर्गा खतिवडा, मुक्ति उपाध्याय बराल, डा.इन्दुप्रभा देवी, गोमा शर्मा, लक्ष्मी सुवेदीसहितले नेपाली भाषा र साहित्यिक सृजनाको स्थितीका बारेमा मन्तव्य राखेका थिए ।

 

प्रकाशित : पुस २, २०७४ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?