राजेशको दोस्रो
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौं — गायक/संगीतकार राजेश चाम्लिङ दोस्रो एल्बम ‘अभ्यर्थना’ सहित श्रोतामाझ आएका छन् । राजधानीमा शनिबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक, गीतकार अशोक वान्तवा लगायतले एल्बम लोकार्पण गरे ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![राजेशको दोस्रो](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2017/third-party/rajes-album--3--25092017090001-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
सदस्य सचिव रसिकले राजेशका गीतहरू मन छुने खालका रहेको बताए । एल्बममा ‘मेरी आमा’, ‘डेटिङ’, ‘प्रस्ताव’ र ‘नजानी नजानी’ बोलका गीत छन् । राजेश र सुयर्मा राईले लेखेका गीतमा डेनी निरौला र राजेशकै संगीत छ । ‘डेटिङ’ मा बिना राईले स्वरमा साथ दिएकी छन् ।
राजेशको यसअघि ‘स्पर्श’ एल्बम बजारमा आएको थियो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया