२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

रसिकको उपन्यास

काठमाडौं — जितेन्द्र रसिक पनि हुन् तर उनले निरन्तर साहित्यिक कृति ल्याइरहेका छन् । उनले छैटौं कृति स्वरूप उपन्यास ‘लज्जावती’ बजारमा ल्याएका छन् ।

रसिकको उपन्यास

 

भक्तपुर साहित्यिक समाजले राजधानीमा उनको कृति सार्वजनिक गर्‍यो । समालोचक प्रा.डा. देवीप्रसाद सुवेदीले उनको उपन्यास लोकार्पण गर्दै अहिलेको समाजलाई उपन्यासले प्रतिबिम्वित गरेको बताए । सुवेदीले विभिन्न आयामबाट औपन्यासिक भाषाहरूको प्रयोग गरिनु यसको मुख्य विशेषता भएको दाबी गरे । ‘सार्त, नित्सेजस्ता विश्व चर्चित साहित्यकारहरूले सुरुवात गरेको अस्तित्ववादी धारलाई रसिकले पछयाएका छन्’ उनले भने । 

रसिकले चाहिँ आफ्नो उपन्यासमा विशेष गरेर आध्यात्मिक, सांसारिक र आधुनिक गरेर तीन किसिमका मानव चेतना र गतिविधिहरूको चित्रण गरिएको दाबी गरे । उनले ‘लज्जावती’ लाई नेपाली समाज र मानव सभ्यताको थेसिस र एन्टिथेसिसको टसलबाट जन्मिएको सिन्थसिसका रूपमा रहेको बताए । अर्का समालोचक भगवान्चन्द्र ज्ञवालीले समाजमा हुने गरेको अपहरण, दण्ड, प्रेमजस्ता विषयले उपन्यासलाई जीवन्त तुल्याएको दाबी गरे । 

अर्का लेखक तथा सञ्चारकर्मी दामोदर न्यौपानेले ‘प्रकृति, द्वन्द्व र प्रेमको त्रिकोणात्मक विषयलाई साहित्यमा समावेश गरेकाले उपन्यास उत्कृष्ट बनेको’ धारणा राखे । उनले दण्डहिनताले मानव जीवनमा पारेको प्रभावको बलियो प्रमाण नै ‘लज्जावती’ उपन्यास भएको दाबी गरे । भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मनकर्मी, विद्या चित्रकार लगायतले पनि उपन्यासमाथि धारणा राखे । यसअघि गजल, बालकथा लगायतको विधामा कलम चलाउँदै आएका रसिकको पहिलो उपन्यास हो । स्वदेश प्रकाशन प्रालिले उपन्यास छापेको हो ।

प्रकाशित : पुस १०, २०७३ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?