१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रा. पोखरेललाई लेखनाथ साहित्य

काठमाडौं — वरिष्ठ साहित्यकार एवं भाषाविद् प्रा. बालकृष्ण पोखरेललाई यस वर्षको लेखनाथ साहित्य पुरस्कारबाट प्रदान गरिने भएको छ ।

कविशिरोमणि लेखनाथ पौडयालको १३३ औं जन्मजयन्ती अवसरमा आउँदो शुक्रबार अर्चलेमा पोखरेललाई ताम्रपत्रसहित ५० हजार रुपैयाँ दिइने लेखनाथ साहित्य प्रतिष्ठानले जनाएको छ । नेपाली भाषा र साहित्यमा योगदान गरेको भन्दै प्रतिष्ठानका डा. शुक्रराज अधिकारी, डा. रविलाल अधिकारी, डा. प्रतिभा पाण्डे, रमा शर्मा र कृष्ण प्रसाद पौडेलको छनोट समितिले पोखरेललाई चयन गरेको हो । 
उक्त कार्यक्रममा लेखनाथ नगरपालिकाका सामुदायिक विद्यालयहरूमध्ये २०७२ को एसएलसीमा छात्रातर्फ उत्कृष्ट भएकी गोगन माविकी आकृति खनाललाई १० हजार रुपैयाँको कुन्तीदेवी शिक्षा पुरस्कार पनि दिइनेछ । त्यस्तै चन्द्रकान्त ढकाल शिक्षा पुरस्कार, फणिन्द्र कुमारी ढकाल छात्रवृत्ति र मधुमाया ढकाल छात्रवृति–अन्तर्गत जनही ५ हजार रुपैयाँ विद्यार्थीहरू आकाश जैसी, नम्रता आचार्य, अनिल भुजेल र सजना तिवारीलाई दिइनेछ ।

प्रकाशित : पुस १२, २०७३ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?