कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहरमा किताब

सहरमा किताब

सहरमा किताब

कोरोनातन्त्र

लेखक : रवीन्द्र समीर, प्रकाशक : इन्डिगो इन्क, मूल्य : ४४९ रुपैयाँ

तीन दशकदेखि साहित्य लेखनमा सक्रिय रवीन्द्र समीरको १३ औं पुस्तक ‘कोरोनातन्त्र’ १ सय १ वटा पृथक् लघुकथा बाँधिएको सूत्र उपन्यास हो । कोरोना महामारीका बेला पर्याप्त उपचारको व्यवस्था थिएन, अक्सिजनको अपर्याप्तता, बेड अभाव तथा समग्रमा सरकारी अकर्मण्यताका कारण मृत्यु हुनेहरूको संख्या झनै बढेको थियो । यसबाट सिर्जित मनोसामाजिक समस्याको परामर्शका लागि आवश्यक वातावरण पनि पुर्‍याउन सकिएको थिएन । यो समयलाई किताबको केन्द्रीय पात्र, चिकित्सकमार्फत समीरले पुनः उठाइएका छन् ।

श्रमाटन

लेखक : बीएन जोशी, प्रकाशक : निराला पब्लिकेशन, मूल्य : ७९२ रुपैयाँ

झन्डै २२ वर्षअघि कामको खोजीमा विदेशिएका लेखकले यो संस्मरणमा थाइल्याण्ड हुँदै मलेशिया र त्यसपछि अन्यत्र मुलुकमा पुग्दाको विवरण संकलित छ । के–के कारण विदेशिनु पर्‍यो ? लेखकले आफ्नो यात्रा वर्णन गरेका छन् । नेपाली भाषामा प्रकाशित यो किताबको अनुवाद अरुण बुढाथोकीले गरेका हुन् ।

डिजिटल म्याडनेस

लेखक : निकोलस कारदारस, प्रकाशक : सेन्ट मार्टिन प्रेस, मूल्य : ७९५ रुपैयाँ

पछिल्लो समय समाजिक सञ्जालको बढ्दो प्रयोग र यसले निम्त्याइरहेको मानसिक स्वास्थ्य समस्या संसारभरि आम बनिरहेको छ । अमेरिकी मनोचिकित्सक निकोलस कारदारसले सामाजिक सञ्जालले मान्छेको विचार र भावनालाई दिइरहेको आकार र यसमा अधिक समय बिताउदा निम्तने मनोविचलन र आत्महत्यासम्मका परिणामबारे सचेत बनाएका छन् । यस्तो जोखिमबारे बुझ्न र सृजनशील जीवनका लागि सामाजिक सञ्जालको प्रयोगको समय कम गर्न पुस्तकले प्रेरित गर्नेछ ।

जौवा

लेखक : विष्णु ढकाल, प्रकाशक : शिखा बुक्स, मूल्य : ५२५ रुपैयाँ

लामो समय ग्रामीण विकासका क्षेत्रमा काम गरेका विष्णु ढकालले तराईकेन्द्रित कथा भनेको छ । गरिबी, अभाव, चेनताको कमीलगायत ग्रामीण भेगमा विद्यमान परिस्थितिलाई उनले यो उपन्यासमा उतारेका छन् । सँगै तराईंको समाजमा हुर्किएको युवालाई प्रविधिको विकासले पारेको प्रभाव पनि किताबमा समेट्न खोजिएको छ ।

प्रकाशित : चैत्र १८, २०७९ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?