कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

५ सय किलोकी महिला

काठमाडौं — विश्वकै मोटी महिला इजिप्टकी इमान अहमद । ५ सय किलोग्राम तौल भएकी ३६ वर्षीया अहमदको भारतको मुम्बईमा शल्यक्रिया हुँदै छ । उनको शल्यक्रिया डा. मफी लकडावालाले गर्दै छन् ।

५ सय किलोकी महिला

परिवारका अनुसार उनले दुई दशकयता मुस्किलले बेड छाडेकी छन् । उनी बोल्न र चल्न पनि सक्दिनन् । दुई वर्षअघि मस्तिष्काघात (स्ट्रोक) भएपछि उनको बोलीसमेत हराएको छ । डा. लकडावालाले अहमदको मोटोपना घटाउन थुप्रै शृंखलाका शल्यक्रिया गर्नेछन् ।

थुप्रै चर्चित व्यक्तित्वका शल्यक्रिया गरेका डा. लकडावाला भन्छन्, ‘यो उच्च खतरायुक्त शल्यक्रिया हुनेछ, सकेसम्म सबैखालका पूर्वसावधानी अपनाइनेछ ।’ गिनिज बुकमा सबैभन्दा मोटो महिलाको रेकर्ड अमेरिकाकी पाउलिन पोटरको नाममा छ । पाउलिनको तौल २९१.६ किलो छ ।

प्रकाशित : मंसिर २८, २०७३ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?