कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

पच्चीस वर्षमा पाँच सन्तान

कान्तिपुर संवाददाता

रुकुम — राङसी ४ की पुनकमारी विक उमेरले भर्खर २५ पुगिन् । १५ वर्षको उमेरमा बिहे गरेकी पुनकुमारीले १६ वर्ष पुग्दा पहिलो सन्तानका रूपमा छोरी जन्माएकी थिइन् । उनले दस वर्षको अवधिमा दुई/दुई वर्षको फरकमा पाँच सन्तान जन्माइन् ।

कलिलै उमेरमा धेरै बच्चा हुँदा पुनकुमारी शारीरिक तथा मानसिक रूपमा कमजोर हुँदै गएकी छन् । अहिले उनलाई घरव्यवहार चलाउने र छोराछोरीको स्याहारसुसार एक्लै गर्नुपर्ने बाध्यता छ । सानै उमेरमा अभिभावकले बिहे गरिदिएका कारण कलिलै उमेरमा धेरै सन्तान जन्मिएको पुनकुमारीले बताइन्् । ‘सानैमा बिहे भएपछि २५ वर्षकै उमेरमा यत्तिका सन्तान भइसके,’ उनले भनिन्, ‘यिनलाई हुर्काउन हैरान भइरा’छ ।’ पुनकुमारीका बाबु–आमाले घरमा काम गर्ने दोब्बर उमेरका मनबहादुर विकससँग उनको बिहे गराइदिएका थिए । मनबहादुरले हाल न काम गर्न सक्छन् न छोराछोरीको हेरचाह नै । ५० वर्षका मनबहादुर समेत शारीरिक र मानसिक दुवै रूपमा कमजोर छन् ।

पढ्न नपाउनु तथा सानै उमेरमा बिहे हुँदा अहिले अप्ठेरो अवस्थाबाट गुज्रिनु परिरहेको उनले बताइन् । उनको जिम्मेवारी आफ्ना पाँच सन्तानका साथै ६० वर्षीया आमा, अपाङ्ग दिदी र पतिलाई पालनपोषण गर्नु पनि हो । ‘दिन कटाउन साह्रै मुस्किल छ,’ पुनकुमारीले भनिन्, ‘घरको सबै बोझ मैसँग छ ।’ घरायसी समस्याकै कारण छोराछोरीको पढाइ नियमित हुन नसकेको उनले बताइन् ।

राङसीमा कलिलै उमेरमा बिहे गरेर धेरै सन्तान जन्माउने पुनकुमारी एक्ली भने होइनन् । पहिल्यैदेखि सानै उमेरमा बिहे गर्ने चलन रहेको स्थानीय बताउँछन् । राङसी ३ की ५० वर्षीया रामपुरा रोकाको बिहे पनि १५ वर्ष नपुग्दै भएको थियो । 

प्रकाशित : कार्तिक २६, २०७३ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?