भिटामिन ‘ए’ को बढी सेवनले हाड कमजोर

कान्तिपुर संवाददाता

काठमाडौँ — हालैको एउटा अनुसन्धानको दाबीअनुसार भिटामिन ‘ए’ को अत्यधिक सेवनले हाडको घनत्व कम हुन सक्छ जसले हाड कमजोर हुनुको साथै टुट्ने खतरासमेत बढछ मुसामा गरिएको यो अनुसन्धान जर्नल अफ एन्डोक्राइनोलजीमा प्रकाशित भएको हो ।

अध्ययनमा के पाइयो भने, मानिसमा भिटामिन ‘ए’ को प्रस्तावित दिनहुँको खुराकभन्दा ४.५ देखि १३ गुणा बढी एवं निरन्तर सेवनले हाडमा धेरै बढी कमजोरी आउँछ ।

आफ्नो आहारमा भिटामिन ‘ए’ बढी सामेल गर्ने प्रक्रियामा सतर्क रहन अध्ययनमा सुझाइएको छ । भिटामिन ‘ए’ शारीरिक विकास, दृष्टि, प्रतिरोधक क्षमता र अंगको सही तवरले काम गर्न अनि थुप्रै जैविक प्रक्रियाको लागि महत्त्वपूर्ण हुन्छ ।

हाम्रो शरीर भिटामिन ‘ए’ बनाउनमा अक्षम हुन्छ तर मासु, दुग्ध उत्पादन, सब्जीले युक्त स्वस्थ आहार शरीरको पोषक तत्त्वसँग सम्बन्धित आवश्यकतालाइ पूर्ति गर्न पर्याप्त हुन्छ । अध्ययनको दाबीअनुसार जो व्यक्ति भिटामिन ‘ए’ को अतिरिक्त खोराक लिन्छन् उनीहरूको हाडलाई नोक्सान पुग्ने खतरा बढ्छ । प्रकाशित : कार्तिक १०, २०७५ ०८:३०

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भोको पेट किन रिस उठ्छ ?

कान्तिपुर संवाददाता

काठमाडौँ — वैज्ञानिकहरूले भोक लाग्ना साथ रिस उठ्ने कारण पत्ता लगाएका छन्  । जीवविज्ञानको परस्पर क्रिया, व्यक्तित्व र छेउछाउको माहोलले गर्दा यस्तो हुन्छ  ।

चार सयभन्दा बढी व्यक्तिमा गरिएको यो अध्ययन ‘इमोसनल’ जर्नलमा प्रकाशित छ । त्यसअनुसार भोको अनुभव गर्नाले कहिलेकाहीं मानिसको भावना र दुनियाँलाई लिएर विचार पनि प्रभावित हुन्छ ।

हालै ‘हंग्री’ शब्दलाई अक्सफोर्ड डिक्सनरीले क्रियाका अर्थमा पनि प्रविष्ट गरेको छ । अब ‘हंग्री’ माने— भोकका कारण रिस उठ्नु ।

यो अनुसन्धानको मुख्य उद्देश्य भोकसँग जोडिएको भावनात्मक स्थितिको मनोवैज्ञानिक तरिकाले अध्ययन गर्नु थियो । कुनै व्यक्ति भोको हुँदा कसरी रिसाउँछ ?

अनुसन्धानअनुसार, आफू छेउछाउको अवस्थाले गर्दा मात्रै त्यति बेला भोको व्यक्ति रिसाएको हुन्न । व्यक्तिविशेषको भावनात्मक जागरुकताको स्तरले त्यो बेलाको रिसलाई निर्धारित गर्ने गर्छ । अर्कातिर, आफूलाई भोक लागेको छ कि छैन भनेर सोचिरहने व्यक्तिचाहिँ भोकै हुँदा पनि रिसाउने सम्भावना कम हुन्छ ।

प्रकाशित : कार्तिक १०, २०७५ ०८:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×