२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३२

'तिमी छौ र मेरो मुटु चलेको'मा आर्यन र केकी

काठमाडौँ — आर्यन सिग्देल र केकी अधिकारी अभिनित 'तिमी छौ र मेरो मुटु चलेको'बोलको गीत सार्वजनिक भएको छ । कृष्णहरि बरालको शब्द, मञ्जिल राई र अनु चौधरीको स्वरमा यो गीत सार्वजनिक भएको हो ।

'तिमी छौ र मेरो मुटु चलेको'मा आर्यन र केकी

मुन्दुम स्टुडियोको निर्देशनमा बनेको गीतको भिडियोमा आर्यन र केकीलाई प्रेम सम्बन्धमा बाँधिएको देखाइएको छ । मञ्जिल राईको कम्पोज रहेको गीतमा बादल लिम्बूको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ/मास्टरिङ, अनिल रानाको सम्पादन छ ।

गीतको भिडियो हिमाल श्रेष्ठले खिचेका हुन्। गीतलाई रोमान्टिक स्वादमा पस्किएको गायक मञ्जिल बताउँछन् । 'गीतलाई हामीले रोमान्टिक फ्लेवर दिएर बनाएका हौं । त्यसैले भिडियोमा पनि दुई प्रेमी/प्रेमिकाको प्रेमलाई देखाइएको हो,'उनले भने ।


प्रकाशित : पुस २२, २०८० १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x