कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बनिन् हाँसोको पात्र

काठमाडौँ — सेलेब्रिटीलाई गाह्रै छ । सामाजिक सञ्जालबाट टाढा बस्दा फयानसँग कनेक्ट हुनै अप्ठयारो, सामाजिक सञ्जालमा अप टु डेट रहे विभिन्न झमेला आइपर्ने † थोरै चिप्लियो कि उनीहरू ठट्टाको पात्र पनि बनिहाल्छन् ।

बनिन् हाँसोको पात्र

कुरा, बलिउड अभिनेत्री श्रद्धा कपुरको हो । उनीमाथि अहिले अनेकन ट्रोल बनाइएका छन् ।

श्रद्धाले आफ्नो भेरिफाइड ट्वीटर हयान्डलबाट सेयर गरेको एउटा तस्बिर र त्यसको क्याप्सनलाई लिएर इन्टरनेटमा ठटयौली चलिरहेको छ । उनले ‘भारतीय सेनालाई धन्यवाद’ भन्दै सेयर गरेको तस्बिर वास्तवमा रूसी सेनाको परेपछि उनको खिल्ली उडाउन थालिएको हो । हिउँले ढाकिएका सुरक्षाकर्मीको तस्बिरमुनि श्रद्धाले लेखेकी छन्, ‘भारतीय जवान बरफमा जम्छन्, हामी आनन्दले रहन सकौं भनेर । हामीले सुरक्षित महसुस गरौं भनेर उनीहरू हाम्रो रक्षामा खटिन्छन् । उनीहरूलाई जति धन्यवाद दिए पनि कमै हुन्छ ।’

निकै भावुक पाराले लेखिएका शब्दहरूलाई सुरुमा सराहना नै गरिएको थियो । तर, त्योसँगै सेयर गरिएको फोटो फेक निक्लिएपछि उनलाई उडाउनु उडाइएको छ । ‘हरे, यो तस्बिर भारतीय सेनाको होइन,’ रिडा नामक प्रयोगकर्ताले रिट्वीट गरेकी छन्, ‘नक्कली सम्मानका लागि नक्कली

तस्बिर प्रयोग नगरौं । झूट फैलाउन बन्द गरौं ।’

शुभेन्दु सिक्दरले पनि उनलाई सेलेब्रिटी भइसकेपछि कच्चा काम गर्न नहुने सल्लाह दिएका छन् । ‘एकचोटि भेरिफाइ गरेर हेरेको भए हुन्थ्यो,’ उनले लेखेका छन्, ‘यो तस्बिर भारतीय सेनाको होइन भन्ने कुरा एक वर्षअघि नै प्रमाणित भइसकेको थियो ।’


प्रकाशित : पुस ८, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?