कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

क्यान इन्फोमा ‘लिलिबिली’ 

काठमाडौँ — राजधानीको भृकुटीमण्डपमा जारी क्यान इन्फो टेक मेलामा ‘लिलिबिली’ ले प्रमोसनल क्याम्पेन गरेको छ । क्याम्पेनमा क्रममा युवामाझ फिल्मका नायक प्रदीप खड्का आफ्नो अनुभव सेयर गरेका थिए ।

क्यान इन्फोमा ‘लिलिबिली’ 

मेलामा उपस्थित दर्शकले खडकासँगै सेल्फी र अटोग्राफ लिएका थिए । केही दर्शकले हालै सार्वजनिक फिल्मको गीत ‘इज इट लभ...’ को छायांकनबारे जिज्ञासा राखेका थिए । दुईपटक युट्युब ट्रेन्डिङको नम्बर वान र लामो समय टप फाइभमा रहेको यो गीत टर्कीको इस्तानबुलमा अत्यधिक चिसोमा छायांकन गरिरहेको थियो ।

युरोपका विभिन्न सहर र नेपालमा छायांकान गरिएको फिल्ममा प्रदीपसँगै प्रियंका कार्की, जसिता गुरुङलगायतको अभिनय छ । गोविन्द शाही, सुदीप खड्का र मिलन चाम्सले निर्माण गरेको यो फिल्मलाई मिलनले निर्देशन गरेका हुन् ।


प्रकाशित : माघ १६, २०७४ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?