कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

‘देश परदेश’ बन्ने

काठमाडौं — निर्देशक राजु गिरीले ‘देश परदेश’ बनाउने घोषणा गरेका छन् । फिल्ममा प्रेम सोनी, सारिका केसी, सुरविर पण्डित, पल्पसा डंगोल, रश्मि भट्ट, शेरबहादुर गुरुङ, गोपाल कुइँकेललगायतको अभिनय रहनेछ ।

‘देश परदेश’ बन्ने

भोजराज देवकोटाको पटकथा, अर्जुन पोखरेलको संगीत, रामेश्वर हुमागाईंको छायांकन, रोशन श्रेष्ठको एक्सन रहने ‘देश परदेश’ को छायांकन असार २२ देखि थालिने गिरीले बताए । प्रेमले राम्रो विषयवस्तुका कारण आफू अभिनय र निर्माणमा अग्रसर भएको बताए । सारिकाले फिल्मको कथावस्तुले मन छोएको सुनाइन् । आफू सामान्य गाउँले युवतीको भूमिकामा देखिने उनले जानकारी दिइन् । यसअघि उच्छृंखल खालका फिल्म बनाएको आरोप लागेका निर्देशक गिरीले अब परिवर्तन भएको भन्दै ‘देश–परदेश’ विशुद्ध नेपाली परिवेशको हुने बताए ।

प्रकाशित : असार १७, २०७४ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×