मिस/मिसेस लमजुङ

आश गुरुङ

लमजुङ — जिल्लामै पहिलोपटक आयोजित मिस एन्ड मिसेस लमजुङ २०१७ को उपाधि बेंसीसहरका शर्मिला विश्वकर्मा र शोभा ठकुरीले जितेका छन् ।

बेंसीसहरमा शनिबार भएको फाइनलमा १०/१० जना प्रतियोगीलाई उछिन्दै शर्मिला र शोभा विजेता बनेका हुन् । शर्मिलाले मोस्ट ट्यालेन्ट र शोभाले मोस्ट पपुलरका साथै मोस्ट ट्यालेन्टको सब–टाइटल पनि पाए । विजेताहरूलाई २५ हजार रुपैयाँ बराबरको ‘फ्री–सिप’ सँगै विभिन्न पुरस्कार, गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्रदान गरियो । मिस लमजुङ विजेतालाई राष्ट्रियस्तरमा हुने मिस नेपाल आइडल तथा मिस ब्युटी क्विनमा सहभागिताका लागि आवश्यक तालिम र अन्य सामग्री पनि नि:शुल्क प्रदान गरिने आयोजक अमेजन इन्टरटेनमेन्टका निर्देशक कमल खतिवडाले बताए ।

मिस लमजुङतर्फ सबिना रानामगर फस्ट रनरअप र रेश्मा घिमिरे सेकेन्ड रनरअप घोषित भए । मिसेस लमजुङतर्फ रेक्सोना श्रेष्ठ फस्ट रनरअप र बबी श्रेष्ठ सेकेन्ड रनरअप भए । 

विजेताहरूलाई नायक सरोज खनाल, मोडल कला सुब्बा, नायिका अशिष्मा नकर्मी, ब्युटिसियन नेपाल २०१७ की विजेता सुधा गुरुङलगायतले अवार्ड वितरण गरेका थिए ।

प्रकाशित : वैशाख २५, २०७४ ११:०९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यो मन दोमन गरेर...

संगीत
कान्तिपुर संवाददाता

काठमाडौं — गायक/संगीतकार मदनगोपाल दर्शकश्रोताका लागि नयाँ म्युजिक भिडियोको कोसेली लिएर आएका छन् :


यो मन दोमन गरेर तिमीलाई सुम्पिदिएँ
थाहा छैन किन यसो गरेँ...

यो गीत मदनले नै लेखेका र कम्पोज गरेका हुन् । स्वर त उनैको भइहाल्यो । यसको म्युजिक भिडियो सुरजसिंह ठकुरीले निर्देशन गरेका हुन् ।

यसमा रिमा विश्वकर्मा र नीराजन प्रधानको अभिनय हेर्न सकिन्छ । ‘यसमा श्रोताहरूलाई संगीतको नयाँ स्वाद दिने प्रयास गरेको छु,’ मदनले भने ।

प्रकाशित : वैशाख २५, २०७४ ११:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT