कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अक्सफोर्डका प्रा. आचार्य सम्मानित

काठमाडौं — बेलायतको अक्सफोर्ड विश्वविद्यालयका प्रा. दिवाकर आचार्य सम्मानित भएका छन् । आचार्यलाई तीन विश्वविद्यालय र अन्य पाँच संघसंस्थाले आइतबार सम्मान गरेका हुन् ।

अक्सफोर्डमा पूर्वीय संस्कृतिको प्राध्यापकमा नियुक्त हुने आचार्य पहिलो नेपाली हुन् । त्रिभुवन, नेपाल संस्कृत, काठमाडौं विश्वविद्यालयका साथै गौरीशंकर संस्कृत ग्राम, जयतु संस्कृतम्, वाल्मीकि विद्यापीठ, तीनधारा संस्कृत छात्रावास र नैमिसारण्य संस्कृत गुरुकुलले आचार्यलाई एकसाथ सम्मान गरेका थिए । सम्मानित व्यक्तित्व आचार्यले विश्वविद्यालयहरू राजनीतिक आग्रह/पूर्वाग्रहबाट माथि उठ्न सके हामीमा भएको अजस्र ज्ञानले विश्वलाई सिञ्चित गर्न सकिने बताए । उनले भने, ‘रक्तरञ्जित क्रान्तिले ल्याएको परिवर्तन चिरस्थायी नहुन सक्छ तर शिक्षा र ज्ञानबाट आउने परिवर्तन नै सही परिवर्तन हो । त्यसका लागि सामूहिक प्रतिबद्धताको खाँचो हामीमा देखिएको छ ।’

कार्यक्रममा संस्कृत ग्रामका अध्यक्ष सुरेशराज शर्मा, जयतु संस्कृतमका अध्यक्ष विद्यानाथ उपाध्याय, जनार्दन घिमिरेलगायतका व्यक्तित्वले संस्कृत शिक्षा र आचार्यको व्यक्तित्वमाथि बोलेका थिए ।

प्रकाशित : वैशाख ५, २०७४ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?