कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलेसियाबाट फर्केकालाई पुन:एकीकरण गर्ने

काठमाडौँ — मलेसियाबाट फर्केका नेपाली कामदारलाई स्वदेशमै परिवारसँग पुन:एकिकरण गर्ने अभियानको सुरु भएको छ ।

मलेसियाबाट फर्केकालाई पुन:एकीकरण गर्ने

मलेसिया रिटर्नी समाजले रोजगारका लागि पुन: मलेसिया जान नपर्ने गरी सरकारले दिएको सुविधालाई प्रयोग गर्न सघाउ पुर्‍याउन लागेको हो ।


‘सरकारले विदेशवाट फर्किएका नेपालीलाई प्रदान गर्न थालेको सहुलियत दरको ऋण कसरी प्राप्त गर्ने र त्यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा हामी काम गर्नेछौँ,’ समाजका संयोजक रामचन्द्र नेपालले पत्रकार सम्मेलनमा भने,‘३० हजारको लागि पुन: मलेसिया फर्किनु भन्दा यहाँ नै सीपको सदुपयोग गर्न सहयोग गर्छौँ ।’


उनले मलेसियाबाट फर्किएका नेपालीलाई संगठित गरी सामूहिक प्रयासको काम गर्न थालिएको बताए ।


‘मलेसियाबाट फर्की आएकाबीच विभिन्न सामूहिक लगानीहरुको सम्भावनाहरुको खोजी गर्ने काम समेत भइरहेको छ,’ उनले भने ।

प्रकाशित : पुस १५, २०७५ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?