कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सहकर्मीद्वारा मृतक परिवारलाई १९ लाख सहयोग 

काठमाडौँ — युनाईटेड अरब ईमिरेट्स (युएई) मा मृत्यु भएका चितवन मेघौलीका भरत घिमिरेको परिवारलाई १९ लाख ३२ हजार ४ सय ६९ रुपैयाा सहयोग प्रदान गरिएको छ । घिमिरेको गत डिसेम्बर ७ तारिखका दिन हृदयघात भई मृत्यु भएको थियो ।

सहकर्मीद्वारा मृतक परिवारलाई १९ लाख सहयोग 

गत आईतबार अबुधाबी स्थित नेपाली दुताबासमा एक कार्यक्रमको आयोजना गरी कार्यबाहक राजदुत सागर फुयााल मार्फत मृतककी श्रीमती अस्मिता घिमिरेको संरक्षकत्वमा रहने गरी नाबालक सुमित घिमिरे र सृष्टि घिमिरेको नाममा सनराइज बैंक चितवन शाखामा संयुक्त खाता खोली उक्त रकम जम्मा गरिएको हो ।


कार्यक्रममा नेपाली दुताबासका द्वितीय सचिव कृष्ण अर्याल, एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ, महासचिव कृष्ण पौडेल, प्रवासी नेपाली मञ्चका अध्यक्ष श्याम काडेल लगायतको उपस्थिति थियो ।


मृतक घिमिरे कार्यरत एसजीएमई कम्पनीका नेपालीको पहलमा उक्त रकम संकलन भएको सोही कम्पनीमा कार्यरत जे सागरले वताए । कम्पनीमा ३ हजार भन्दा बढी नेपालीहरु कार्यरत छन् ।


प्रकाशित : माघ १७, २०७४ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?