१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

फिप्नामा नयाँ नेतृत्व चयन

न्युयोर्क — नेपाली आदिबासी जनजाति महासंघ, अमेरिका (फिप्ना) मा नयाँ नेतृत्व चयन भएको छ । फिप्नाको छैठौं महाअधिवेशनले मानबहादुर रानामगरको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । 

फिप्नामा नयाँ नेतृत्व चयन

केहि समयअघि आपसी विवादले नयाँ कार्यसमिति चुनिन नसकेको पृष्ठभुमिमा आईतबार सम्पन्न निर्वाचनले निकास दिएको छ । अध्यक्ष पदमा निर्वाचित रानामगरले ४० मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी मणी बाङदेलले २२ मत पाएका थिए ।


महासचिव पदको प्रतिस्पर्धामा प्रेम गुरुङले बिनिता तामाङलाई पराजित गरे । अन्य पदहरु भने निर्विरोध निर्वाचित भए । फिप्नाको वरिष्ठ उपाध्यक्षमा राजकुमार विष्ट, उपाध्यक्षमा निमा लामा र सचिवमा गोवा शेर्पा ढोक्प्या निर्विरोध निर्वाचित भएका छन ।


त्यसैगरि कोषाध्यक्षमा बिजयमान सिंह एवम सदस्यहरुमा जयवीर लामा र फुर्पा लामालाई जिम्मेवारी प्राप्त भएको छ । कार्यसमितीको कार्यकाल दुई बर्ष रहनेछ । नयाँ कार्यसमितीको चयन संगै दुई कार्यकालको नेतृत्वमा बसेका लुङसाङ वाईवाको विदाई गरिएको छ ।


प्रकाशित : माघ १५, २०७४ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?