कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालद्वारा जापान पराजित

एशियन आप्रवासी फुटवल प्रतियोगिता 

काठमाडौँ — कतारमा जारी छैठौं एसियन आप्रवासी फुटवल प्रतियोगिताको दोश्रो खेलमा नेपालले जापानलाई शुन्यको विरुद्व दुई गोलले पराजित गरेको छ ।

नेपालद्वारा जापान पराजित

कतार फुटबल एसोसिएसनद्वारा मर्खिया खेल मैदानमा आयोजित खेलमा नेपालले सहज रुपमा जित हासिल गरेको हो ।


खेलको पहिलो हाफमा कप्तान शिव श्रेष्ठ र दोस्रो हाफमा अर्जुन सुब्बाले गोल गरेका थिए । जित संगै नेपाल ६ अंकका साथ समूह ‘बी’ मा दोस्रो स्थानमा छ ।


६ अंकै बटुलेको लेबनान गोल अन्तरको आधारमा पहिलो स्थानमा छ । लेबनानले दुई खेलमा १७ गोल गरिसकेको छ । नेपालको तेश्रो खेल प्रतियोगिताको उपाधी दावेदार रहेको लेवनानसँग आगमि फेब्रवरी ८ तारिख दोहा रंगशालामा खेल्दैछ ।



प्रकाशित : माघ १४, २०७४ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?