कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अष्ट्रेलियामा वाक फर वेलफेयर हुँदै

अष्ट्रेलिया — प्रवासी नेपालीहरुको संगठन एनआरएन अष्ट्रेलियाले यसबर्ष पनि वाक फर वेलफेयर कार्यक्रमको आयोजना गर्ने भएको छ । 

अष्ट्रेलियामा वाक फर वेलफेयर हुँदै

एनआरएनको महत्वकांछी योजना अन्तर्गत लिइएको यो कार्यक्रम यही मार्चदेखि विभिन्न ६ ;हरहरुमा आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘वाक फर वेलफेयर – वेलफेयर फर वुमन’ नाम दिइएको कार्यक्रमको मुख्य उद्देश्य घरेलु हिंसा र मानसिक समस्यामा रहेकाहरुलाई सहयोग गर्ने रहेको बताइएको छ । पत्रकार सम्मेलनमा कार्यक्रमकी संयोजक प्रतिज्ञा अधिकारीले कार्यक्रमबाट संकलन भएको रकमले जनचेतना फैलाउनुका साथै निशुल्क परामर्श र आवश्यक परेकाहरुलाई सहयोग गर्ने रहेको छ । यो कार्यक्रम एनआरएनले बिभिन्न उद्देश्य राखेर प्रत्येक बर्ष आयोजना गर्दै आएको छ ।


पत्रकार सम्मेलनमा आयोजकले दिएको जानकारी अनुसार यही मार्चको १० तारिख सिड्नीमा पहिलो वाक फर वेलफेयर आयोजना हुनेछ भने मेलबर्न, ब्रिसबन, एडिलेड, पर्थ र क्यानबेरामा क्रमैसँग कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रमले घरेलु हिंसा र मानसिक समस्यामा रहेका नेपालीहरुलाई आवश्यक्ता अनुसार सहयोग पुरयाउन मद्दत गर्ने दाबी गरिएको छ ।


आयोजकका अनुसार कार्यक्रमबाट संकलित रकममध्ये ४० प्रतिशत सामाजिक कल्याणकारी कोषमा खर्च गरिनेछ भने बाँकी रकम एनआरएन अन्तरगतको नारी निकुञ्जको बिभिन्न परियोजनाहरुमा खर्च हुनेछ । यस कार्यक्रममा अष्ट्रेलियाभरिबाट कम्तिमा १ हजारको सहभागिता रहने विश्वास लिइएको छ ।


प्रकाशित : माघ १४, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?