कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पप गायक बिष्टको सहयोगार्थ कार्यक्रम

काठमाडौँ — पप गायक ओमबिक्रम बिष्टको उपचारमा सहयोगका लागि इन्टरनेसनल नेप्लिज आर्टिस्ट सोसाइटी (इनास) ले आउँदो शनिबार अमेरिकाको भर्जिनियामा एक साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको इनासका सचिब कृष्ण श्रेष्ठले बताएका छन् ।

पप गायक बिष्टको सहयोगार्थ कार्यक्रम

बिगत केहि समयदेखि दुवै मिर्गौलाको समस्याबाट ग्रस्त भएर अमेरिकामा उपचार गराइरहेका गायक बिष्टको सहयोगार्थ हुने यो कार्यक्रममा अमेरिकाका विभिन्न स्थानमा बसोबास गर्ने कलाकारहरुले प्रस्तुति दिनेछन् ।


जसमध्ये गायकहरुमा राम श्रेष्ठ, जगदीश समाल, कलाकारहरु सरोज खनाल, किरणप्रताप केसी, निशा अधिकारी, रिमा बिश्वकर्मालगायतका कलाकारहरुको प्रस्तुती रहेका छन् ।


प्रकाशित : माघ ५, २०७४ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?