आइतबारदेखि सुन र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनका सिक्का (असर्फी) र चाँदीका सिक्का मेडालियन सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंकले आउँदो आइतबार कात्तिक १९ देखि २४ गतेसम्म सिक्का बिक्री गर्ने बुधबार सूचनामार्फत जानकारी गराएको छ ।

आइतबारदेखि सुन र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

राष्ट्र बैंकले १० ग्राम, ५ ग्राम र २.५ ग्रामका सुनका सिक्का (असर्फी) र विभिन्न दरका गाई अंकित, गणेश अंकित र गजलक्ष्मी अंकित चाँदीका सिक्का बिक्री गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले दसैंअघि (गत असोज ७ देखि) राष्ट्रिय जनावर गाईको चित्र अंकित मेडालियन सिक्काको बिक्री वितरण सुरु गरेको थियो । त्यसयता बबरमहलस्थित टक्सार महाशाखाले १० र २५ ग्रामका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री गरिरहेको छ ।

दर उल्लेख नगरी निस्कासन गरिएको सिक्कालाई मेडालियन भनिन्छ । १० ग्राम सिक्काको मूल्य १ हजार ६ सय रुपैयाँ र २५ ग्राम सिक्काको मूल्य ४ हजार रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको महाशाखाले जनाएको छ । दुवै प्रकारका सिक्कामा ९९९ टचको चाँदी प्रयोग गरिएको राष्ट्र बैंकको दाबी छ ।

प्रकाशित : कार्तिक १५, २०८० १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?