प्रधानमन्त्री दाहालले गरे नारायणीमा बन्ने 'सिग्नेचर ब्रिज' को शिलान्यास

वैशाख ३१, २०८१

नारायण शर्मा

Prime Minister Dahal laid the foundation stone of the 'Signature Bridge' to be built in Narayani

नवलपरासी पूर्व — प्रधानमन्त्री पुष्पकमल दाहालले नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्याश गरेका छन् । सोमबार नारायणी किनारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री दाहालले पुलको शिलान्यास गरेका हुन् । 

पूर्व-पश्चिम राजमार्गअन्तर्गत उक्त पुलले वाग्मती प्रदेश र गण्डकी प्रदेशलाई जोड्नेछ । त्यस्तै सहरका हिसाबले पुलले भरतपुर र गैंडाकोटलाई जोड्नेछ । शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायत पनि उपस्थित थिए । 

Prime Minister Dahal laid the foundation stone of the 'Signature Bridge' to be built in Narayaniआगामी तीन वर्षभित्र अत्याधुनिक सिग्नेचर पुल निर्माण हुने पुल महाशाखाले जनाएको छ ।  ४ सय २० मिटर लम्बाइको सो पुल दुई खम्बे हुनेछ भने चौडाइ १२ मिटर हुनेछ । सो पुलमा साइकल लेन समेत निर्माण हुनेछ ।

पुल निर्माणका लागि कुल १ अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान छ । तुंदी कन्सट्रक्सन प्रालिले पुल निर्माणको ठेक्का पाएको छ । नयाँ पुलमा दुई ठाउँमा टावर राखिनेछ भने दुई वटा पिल्लर रहनेछन् । यो पुलमुनिबाट पानी जहाज सञ्चालन गर्न सकिने छ ।

Prime Minister Dahal laid the foundation stone of the 'Signature Bridge' to be built in Narayaniनारायणगढ र गैंडाकोटको बीचमा रहेको नारायणी नदीमा यसअघि २०३८ सालमा बनेको पुलबाट हाल गाडी आउजाउ भइरहेको छ । अब महेन्द्र राजमार्ग पनि फराकिलो हुने र त्यसपछि पुल पनि फराकिलो चाहिने हिसाबले नयाँ पुल बनाउन लागिएको हो ।

Prime Minister Dahal laid the foundation stone of the 'Signature Bridge' to be built in Narayani

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully