प्रधानमन्त्री दाहालले गरे नारायणीमा बन्ने 'सिग्नेचर ब्रिज' को शिलान्यास

नारायण शर्मा

नवलपरासी पूर्व — प्रधानमन्त्री पुष्पकमल दाहालले नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्याश गरेका छन् । सोमबार नारायणी किनारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री दाहालले पुलको शिलान्यास गरेका हुन् । 

प्रधानमन्त्री दाहालले गरे नारायणीमा बन्ने 'सिग्नेचर ब्रिज' को शिलान्यास

पूर्व-पश्चिम राजमार्गअन्तर्गत उक्त पुलले वाग्मती प्रदेश र गण्डकी प्रदेशलाई जोड्नेछ । त्यस्तै सहरका हिसाबले पुलले भरतपुर र गैंडाकोटलाई जोड्नेछ । शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायत पनि उपस्थित थिए ।

आगामी तीन वर्षभित्र अत्याधुनिक सिग्नेचर पुल निर्माण हुने पुल महाशाखाले जनाएको छ । ४ सय २० मिटर लम्बाइको सो पुल दुई खम्बे हुनेछ भने चौडाइ १२ मिटर हुनेछ । सो पुलमा साइकल लेन समेत निर्माण हुनेछ ।

पुल निर्माणका लागि कुल १ अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान छ । तुंदी कन्सट्रक्सन प्रालिले पुल निर्माणको ठेक्का पाएको छ । नयाँ पुलमा दुई ठाउँमा टावर राखिनेछ भने दुई वटा पिल्लर रहनेछन् । यो पुलमुनिबाट पानी जहाज सञ्चालन गर्न सकिने छ ।

नारायणगढ र गैंडाकोटको बीचमा रहेको नारायणी नदीमा यसअघि २०३८ सालमा बनेको पुलबाट हाल गाडी आउजाउ भइरहेको छ । अब महेन्द्र राजमार्ग पनि फराकिलो हुने र त्यसपछि पुल पनि फराकिलो चाहिने हिसाबले नयाँ पुल बनाउन लागिएको हो ।


प्रकाशित : वैशाख ३१, २०८१ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x