२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

सञ्चय कोषले लिलामीमा राख्यो बस्नेतको कोहिनुर हिल हाउजिङ 

काठमाडौँ — कर्मचारी सञ्चय कोषले इमाडोलस्थित कोहिनुर हिल हाउजिङ लिलामी बिक्रीमा राखेको छ । सुधिर बस्नेतको यस हाउजिङ कम्पनीले कोषको ऋण तिर्न नसकेपछि कोषले लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

सञ्चय कोषले लिलामीमा राख्यो बस्नेतको कोहिनुर हिल हाउजिङ 

१०–९–२ रोपनी जग्गा र सोमा निर्माणाधीन आवासीय भवनहरु लिलामी बिक्रीमा राखिएको कोषले जनाएको छ । अब कोषले यहीं सम्पत्ति बिक्री गरी ऋण उठाउनेछ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै कोषले म्यादभित्र ऋणीले कर्जा चुक्ता नगरी सम्झौतामा भएका शर्त तथा अवस्था उल्लंघन गरेकाले सम्पत्ति लिलामी गर्नुपरेको जनाएको छ । खरिद गर्न इच्छुक नेपाली नागरिक/फर्म/कम्पनीलाई ३५ दिनभित्रमा कोषको केन्द्रीय कार्यालय पुल्चोकमा आइपुग्नेगरी बोलपत्र पेश गर्न आहृवान गरिएको छ ।


प्रकाशित : भाद्र १४, २०८० १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?