कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन, कर्जा तिर्ने म्याद २०८२ असारसम्म थप

काठमाडौँ — नेपाल राष्ट्र बैंकले बुधबार चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । यस मार्गदर्शनअनुसार तोकिएको सीमाभन्दा बढी ऋण लिएकाले अब २०८२ असार मसान्तसम्म भुक्तानी गरे हुने व्यवस्था कायम गरिएको छ । त्यस्तो रकमलाई अर्धवार्षिक रुपमा भुक्तानी हुनेगरी आवधिक कर्जा शिर्षकमा मिलान गर्न पाउने व्यवस्था गरिएको छ ।

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन, कर्जा तिर्ने म्याद २०८२ असारसम्म थप

तोकिएको सीमाभन्दा बढी भएको कर्जा ५ किस्तामा तिर्न पाउने व्यवस्था गरिएको छ । कर्जाको अवधि, भुक्तानी तालिका तथा किस्ता रकम परिवर्तन गर्न भने नपाइने व्यवस्था छ । यस्तो आवधिक कर्जा समयअगावै चुक्ता गर्न चाहेमा पनि बैंक तथा वित्तीय संस्थाले उद्योगी व्यवसायीसित अग्रिम भुक्तानी शुल्क लिन पाउने छैनन् ।

राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी व्यवस्थामा संशोधन गरिएको विषय पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । बुधबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको थियो । छलफल चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन र बैंकको ब्याजदर घटाउने सम्बन्धमा केन्द्रित थियो । लामो समयदेखि उद्योगी व्यवसायीले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनबारे विरोध जनाउँदै आएका थिए ।


प्रकाशित : पुस २०, २०७९ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?