कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

व्यवस्थामा परिमार्जन, अवस्थामा रूपान्तरणको खाका

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले 'हिजो राजनीतिक परिवर्तन अब राजनीतिमा परिवर्तन' हुनु पर्ने बताएका छन् ।नीति अधिवेशनका रूपमा आयोजित ललितपुरको गोदावरीमा आयोजित महासमितिको बैठकमामहामन्त्री शर्माद्वारा प्रस्तुत ‘समसामयिक राजनैतिक प्रस्ताव’दस्तावेजमा अहिलेको अवस्था रुपान्तरण गर्न राजनीतिमा परिवर्तन गर्नुपर्ने औंल्याएका हुन् ।

व्यवस्थामा परिमार्जन, अवस्थामा रूपान्तरणको खाका

नागरिक पंक्तिमा कतिपय सन्दर्भमा देखिएका असन्तुष्टिलाई कसैले सरकारमा जाने भर्‍याङ बनाउन खोजेका छन् त कसैले पुरानो सत्ता फर्काउन प्रयोग गर्न सकिन्छ कि भन्ने भ्रम पालेका छन् । नेपाली कांग्रेसले व्यवस्थामा परिमार्जन, अवस्थामा रुपान्तरणको मार्ग अख्तियार गर्नुछ ।

क) अवस्था रुपान्तरण गर्न राजनीतिमा परिवर्तन

एउटा समय थियो देशमा राजनैतिक परिवर्तन जरुरी थियो, अब स्थिति बदलिएको छ । हिजो राजनैतिक परिवर्तन अब राजनीतिमा परिवर्तन हाम्रो कर्तव्य बन्नुपर्छ ।

ख) व्यक्ति बहिर्गमनको पद्धति

पार्टीको केन्द्रीय या जिल्ला समितिको सभापति पदमा दुईपटक मात्र जिम्मेवारी सम्हाल्न पाउने प्रावधान नेपाली कांग्रेसले सुरु गरेर कार्यान्वयनमा लगिसकेको छ । यसकै अर्को प्रतिरूप अब मुलुकको शासन प्रणालीमा अवलम्बन गर्न जरुरी छ ।

  • राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाललाई १/२/३/४ को सिद्धान्तले बाँध्ने पद्धतिको प्रस्ताव नेपाली कांग्रेस गर्दछ । राष्ट्रपति पदको सपथग्रहण केवल एकपटक, प्रधानमन्त्री बढीमा दुईपटक, मन्त्री तीन र सांसदको सपथ अधिकतम चारपटक । कांग्रेसले यो पद्धति अनुसरण आफूले गर्नेछ र संवैधानिक बन्दोबस्तका लागि प्रस्ताव गर्नेछ ।

ग) प्रदेशमा पनि संघकोझै सिस्टम

  • प्रदेशको हकमा पनि मुख्यमन्त्री बढीमा दुइपटक, मन्त्री तीन र प्रदेशसभा सदस्य चार पटक भन्दा बढी हुन नपाउने पद्धति अवलम्बन गरिनेछ ।

घ) ‘प्राइमरी’ का लागि ‘पाइलट प्रोजेक्ट’

  • राजनैतिक दलहरूले संघ, प्रदेश र स्थानीय तहको उम्मेदवार चयन गर्दा सोही भूगोलको क्रियाशील सदस्य, पार्टी सदस्य वा शुभेच्छुकहरूको सहभागितामा चयन गर्ने ‘प्राइमरी’ पद्धति महत्त्वपूर्ण लोकतान्त्रिक विधि हुनसक्दछ । क्रमशः ‘पाइलट प्रोजेक्ट’ हुँदै त्यसलाई अंगिकार गर्ने निर्णय नेपाली कांग्रेस गर्दछ ।

ङ) विज्ञ प्रवेशलाई फराकिलो ढोका

  • विषय विज्ञ र दक्ष व्यक्तित्त्वहरूलाई राजनीतिमा प्रवेश र शासनमा सहभागिताको ढोका फराकिलो बनाइनेछ । मन्त्रीपरिषद् गठन गर्दा त्यस्तो विज्ञताको उपयोग गर्ने सम्बन्धमा संवैधानिक बन्दोबस्तका लागि अन्य दलहरूसँग पनि कांग्रेसले छलफल प्रारम्भ गर्नेछ ।

च) संसदमा एकै परिवारको प्रश्न निदान

  • एउटै घरपरिवारमा रहने सदस्य एकै तहको संसदमा हुने गरि पार्टीको उम्मेदवार बन्ने विषय पार्टी र नागरिक पंक्तिमा आलोचित देखिएको छ । व्यक्तिको स्वतन्त्र अधिकारलाई परिवारको अन्य सदस्यसँग जोडेर कुण्ठित गर्न नमिल्ने तर्क आफ्नो ठाउँमा महत्त्वपूर्ण छ तर अर्कातर्फ दल विशेषले व्यहोर्नु पर्ने आलोचना अनि नकारात्मक सन्देशको अर्को पाटो छ । त्यसैले आलोचनाको स्थिति नउब्जने थितिको विकल्प कांग्रेसले कार्यान्वयन गर्नेछ ।

छ) राजनैतिक नियुक्तिमा दक्षतासँगै सदाचार

  • राजनैतिक नियुक्तिमा सम्बन्धित विषयको अध्ययन, अनुभव र दक्षतासँगै निष्ठा र नैतिकता परख गर्ने विधि अवलम्बन गरिनेछ ।

ज) सक्रिय सरकारका लागि विद्युतीय सुशासन मार्फत रूपान्तरण

  • संसार प्रविधिको व्यापकतम प्रयोग क्रममा छ । प्रविधि मार्फत नागरिकको द्रुत सेवा गर्न सकिने अभ्यासमा कयौं राष्ट्र पुगिसकेका छन् । हामी त्यो दिशामा ढिलो गतिमा क्रमशः अग्रसर छौ । नागरिकले प्रशासनिक कार्यालयहरूमा ढिलासुस्ती, झन्झट र लामो लाइनमा उभिनु पर्ने पिडा व्यहोरिरहेका छन् । प्रविधिको अधिकतम उपयोग गरेर प्रशासनिक सेवा नागरिकले सहज प्राप्त गर्ने अवस्था तर्फ अग्रसर हुन नेपाली कांग्रेसले विशेष पहलकदमी गर्नेछ । आजको युगमा सेवा लिन सरकार समक्ष नागरिक पुग्ने भन्दा सेवा प्रदान गर्न सरकार नागरिकको मा जाने प्रक्रिया नै सक्रिय सरकार हो ।

झ) भौतिक निर्माण तीन सिफ्टमा गर्न पहल

  • समृद्धिको उचाइमा पुगेका संसारका कैयन राष्ट्र— पुल बाटो जस्ता निर्माणको कार्य रातिको समयमा पनि गरिरहेका हुन्छन् । तर गरीबीसँग जुधिरहेको हाम्रो देशमा भने ‘सूर्य अस्त नेपाल मस्त’ को अवस्था देखिन्छ । कयौं सडक पूर्वाधारका कामहरू सम्पन्न गर्न बर्षौं ढिलाई हुनुको एउटा कारण यो पनि हो । अतः भौतिक निर्माणका कार्य तीन सिफ्टमा गर्ने गरी कार्य अघि बढाउन आवश्यक बन्दोबस्तका मिलाउन सरकारलाई आग्रह गर्दै नेपाली कांग्रेसले आवश्यक पहलकदमी लिनेछ ।
  • पूँजिगत बजेट खर्चको आकार बढाउन र ३ बर्षमा सकिने निर्माण १ बर्षमा गरिसक्ने गरी अवस्थामा रूपान्तरण गर्न ८/८/८ घण्टाको तीन सिफ्टले सार्थक योगदान गर्न सक्नेछ ।

प्रकाशित : फाल्गुन ८, २०८० १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?