विश्वप्रकाश शर्मा

नेपालसँग सिकौं, नेपालीसँग झुकौं 

नेपाल र चीनका दुई सत्तारुढ कम्युनिस्ट पार्टीबीच लिखितममै ‘नयाँ सम्भावना’को ‘शिलान्यास’ भएपछि त्यसको नीति, नियत, सिद्धान्त अनि सम्भाव्य परिणामबारे गम्भीर विमर्श अझै हुनु आवश्यक छ । यद्यपि एक सैद्धान्तिक प्रश्नमा सुरुवातमै प्रस्ट होऔं, विश्वका कुनै पनि देशले अरु देशहरूसँग अनि एउटा देशभित्रको राजनीतिक दलले अर्को देशका राजनीतिक दलहरूसँग भाइचाराको सम्बन्ध राख्न सक्ने प्रचलन विश्वब्यापी नै छ । यसमा सोझै आपत्ति गरिहाल्न जरुरी हुन्न ।

वितृष्णा रोपेर फल्दैन विश्वास

हाम्रो राजनीति यति बेला आशा र ऊर्जाभन्दा असन्तुष्टि, आक्रोश र वितृष्णाले बढी घेरिएको छ । यो यथार्थलाई जबर्जस्ती ढाकछोप गर्न खोजेर राजनीतिको अनुहार उज्यालो बनाउन सकिन्न । सत्यलाई स्विकारेर, आत्मचिन्तन र आत्मालोचना गरेर मात्रै हामी आम भरोसालाई नवीन रूपले जागृत गर्न सक्छौं । 

संसद नै मूल बाटो

कम्युनिस्ट कोही छौ भने यो देश छाडेर गए हुन्छ’, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विट देश निकालाको लवजमा थियो । ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’ भन्दै मुठी बटार्दै विद्यार्थी जीवन काटेका, डिभी भरेर पछि अमेरिका पुगेका मेरा थुप्रै कम्युनिष्ट साथीहरूको अनुहार सम्झिएँ । ट्रम्पको टिप्पणीले तिनलाई पक्कै दुःखित तुल्यायो होला ।

कांग्रेस जागरणसँगै अधिवेशन

प्रमुख प्रतिपक्षी दलको भूमिका देशले प्रभावकारी अस्तित्वका साथ खोज्नु यस बेला विशेष रूपले सान्दर्भिक भएको छ । कम्युनिस्ट पार्टीको सरकारले राष्ट्रिय जीवनका अनेक क्षेत्रमा हस्तक्षेप बढाउँदै लगेपछि प्रतिपक्षी दलले त्यसको दृढ प्रतिवाद गरोस् भन्ने जनअपेक्षा बढ्नु स्वाभाविक हो ।

शक्ति कति थुपारेपछि समृद्धि ?

उत्तर कोरियामा अघिल्लो साता ‘अभूतपूर्व’ निर्वाचन सम्पन्न भयो । मतदाताले मतपत्रमा छाप लगाउने कष्ट गर्नुपरेन । एउटै नाम ‘किम जोङ उन’ उल्लिखित मतपत्र तिनले दिनभरि लाममा बसेर मतपेटिकामा खसाए ।

विश्वप्रकाश शर्माका लेखहरु :

एक सफल स्ट्राइकर

चक्र बाँस्तोला अब हुनुहुन्न । सभापतिका रूपमा पार्टीको या प्रधानमन्त्रीका रूपमा देशको क्याप्टेन उहाँ बन्नुभएन ।

प्रधानमन्त्रीलाई प्रतिपक्षी प्रेमपत्र

प्रधानमन्त्रीज्यू, ‘मेरो देश डुब्न लाग्यो’ मार्मिक गीतको पंक्ति उद्धृत गरेर तपाईंकै पार्टी नेता माधवकुमार नेपालले संसदमा बोल्नुभएपछि त्यसले आजको देश बयान गरिसकेकै छ  । तर उहाँको कोणबाट देखिएझैं निराश, आक्रोश र ‘सबै सकिन लाग्यो’ भन्ने ढंगको टिप्पणी म गर्न चाहन्न  ।

दम्भको श्रीपेच

जुम्लाको अस्पतालमा गोली चलेको साँझ बुद्ध र जंगबहादुरको ‘फ्युजन’को अलि अघिको प्रसंग सम्झिएँ । प्रधानमन्त्री केपी ओलीले केही अघिमात्रै डा. गोविन्द केसीलाई राजनीतिमा आउन चुनौती दिएको सन्दर्भ पनि सम्झिएँ । त्यसपछि सम्झिएँ, श्रद्धेय मदन भण्डारीलाई । ‘महाराज, आँखा नचम्काई बक्स्योस्, राजनीति गर्न मन भए श्रीपेच खोलेर मैदानमा आए हुन्छ ।’

कांग्रेस रूपान्तरणको एजेन्डा

नेपाली इतिहासका अनेक समयलाई आफूअनुकूल बदल्ने सामथ्र्य राखेको नेपाली कांग्रेस यतिबेला आफैंलाई समयानुकूल बदल्ने चुनौती र संकल्पको चरणमा छ । हाम्रो साझा चिन्ता छ– रूपान्तरण भएर पुरानो कांग्रेस भित्रैबाट नवीन कांग्रेस निर्माण कसरी गर्ने ? गत निर्वाचनमा पराजयपश्चात यो विषय कांग्रेसको मूल बाटो बन्न पुगेको छ ।

हामी बदलिन्छौं, कांग्रेस बदल्छौं

नेपाली कांग्रेस अब कसरी अघि बढ्छ ? केन्द्रीय कार्यसमितिको बहुप्रतिक्षित बैठकतर्फ सबैको नजर केन्द्रित छ, यसबेला । पराजयको गम्भीर समीक्षा, रूपान्तरणको अभियान, महासमिति या विशेष महाधिवेशन जस्ता थुप्रै विषयमा चासो र जिज्ञासा सर्वत्र छ ।