पन्छीमा देखिने फ्लुको भाइरसले मानिसलाई पनि संक्रमण गरे बर्डफ्लु लागेको मानिन्छ । इन्फ्लुएन्जा भाइरसलाई छोटकरीमा फ्लु भनिन्छ । चार प्रकारका फ्लु भाइरसमध्ये बर्डफ्लु ‘ए’ अन्तर्गत पर्छ ।
नेपालमा आधिकारिक रूपमा कोरोना भाइरस देखिएको एक वर्ष पुगेको छ। त्यसको दुई महिनापछि कोरोना संक्रमणको दोस्रो केस पुष्टि भएको थियो । लगत्तै लामो लकडाउन सुरु भयो। त्यस बेला नेपालमा कोरोना भाइरस व्यापक नहुँदा पनि सबैमा मनोवैज्ञानिक त्रास थियो ।
कोरोना भाइरसको नयाँ स्वरूप ‘भेरियन्ट अफ कन्सर्न (भीओसी–२०२०१२/०१’ बेलायतमा सार्वजनिक भएसँगै विश्व तरंगित भएको छ । तरंगको मुख्य कारण यसको फैलने क्षमता अघिल्लो भाइरसभन्दा ७४ प्रतिशतसम्म बढी हुनु र बेलायतमा अधिकांश संक्रमितमा यही नयाँ स्वरूपको भाइरस पाइनु हो ।
नेपालमा हालसम्म झन्डै दुई लाख मानिस कोरोना संक्रमणमा परेर निको भइसकेका छन् । थप हजारौं जना निको हुने क्रममा छन् । कोरोनाको लहर दोहोरिए पुनः संक्रमित भइने हो कि भन्ने चासो उनीहरूमा पाइन्छ ।
‘आज कोभिड–१९ बाट यति संख्यामा बिरामीको मृत्यु भयो ।’ अचेल यस्तै समाचारले मानिसको ध्यान तानिरहेका छन् । मृतकको संख्या घटबढ हुनुसँग मानिसहरूको त्राससँगै अब के होला भन्ने जिज्ञासा पनि जोडिएको पाइन्छ । यो लेखकको ध्यान भने यस्ता मृत्युको शृंखलालाई ‘ब्रेक’ लगाउन के गर्न सकिएला भन्नेमा छ ।
नेपालमा कोरोना निको हुनेको संख्या एक लाख नाघिसकेको छ । तीमध्ये कतिपयले सोध्ने साझा प्रश्न हो– ‘के म फेरि संक्रमित हुनेछु ?’ वास्तवमा यो प्रश्न संक्रमणमुक्त भइसकेकाको मात्र होइन, अरूको पनि चासोको विषय बनिरहेको छ ।
हाल काठमाडौंमा कोरोना संक्रमित हुनेको ग्राफ बढ्दो छ, सायद उत्कर्षतिर गइरहेको हुनुपर्दछ । तर अधिकांश संक्रमितलाई कहाँबाट कोरोना सरेको थियो भनेर सम्झना हुने गरेको भने पाइँदैन । यसैलाई कोरोनाको 'अदृश्य प्रसारण' भन्न खोजिएको हो ।
– ‘डाक्टरसा’ब उहाँलाई पहिला कोरोना देखियो, अनि परिवारैले परीक्षण गरायौं, सानो बाबुबाहेक हामी सबै संक्रमित भइसकेछौं, लक्षण भने देखिएको छैन, अब के गर्ने होला ?’
बितेका केही सातायता सबैको मनमा एउटै प्रश्न थियो, 'कोरोना समुदाय स्तरमा पुग्यो कि पुगेन ?' अधिकांश जनस्वास्थ विज्ञहरु कोरोना भाइरस समुदायस्तरमा पुगेकोमा विश्वास गर्दछन्, तर नेपाल सरकार भने समुदायस्तरमा कोरोना पुगी नसकेको अडान लिँदै आइरहेको छ ।
बाटोमा हिँड्दा, सार्वजनिक यातायातमा, तरकारी/फलफुल थोक बिक्री हुने ठाउँमा वा बाटोमा याद गरौं, दुई परिचितबीच कुरा गर्दा हेरौं, यी सबैमा लगभग शतप्रतिशतले मास्क राम्रोसँग प्रयोग गरेको देखिँदैन । अरु त अरु अस्पतालहरुमा दुई तीन घण्टाको लामपछि टिकट लिने बेला नाक मुख छोपिरहेको मास्क पनि चिउँडोमुनि झारेर ठूलो स्वरमा बोल्ने गरेको पाइन्छ ।