कुनै देशमा बाटाको छेउमा बेरोजगारहरू बसिरहेका हुन्छन्, बाटो थोत्रो हुन्छ, बाटाको छेउमा फूल लगाएर हरियो बनाउन सकिनेमा त्यो पनि भएको हुँदैन, बालुवा र माटो त्यसै कुरूप तरिकाले थुप्रेका हुन्छन् भने, अन्य देशमा बेरोजगारहरू कम हुन्छन्, मान्छेहरू बाटामा काम गरिरहेका हुन्छन्, बाटो चिल्लो हुन्छ, छेउछेउमा फूल लगाइएको हुन्छ । जुन देशहरूमा पार्कहरू उजाड, थोत्रा र जान नसकिने हुन्छन्, तिनै देशमा युवाहरू धेरै बेरोजगार हुन्छन् । किन त्यस्तो हुन्छ ?
निर्वाचनको खर्च कति हुन्छ भन्ने कुरा औपचारिक रूपमा कतै देखिँदैन । तर अब त्यसको हिसाब राख्नुपर्ने बेला भएको छ । सर्वप्रथम, सरकारतर्फको हिसाब हेरौं । निर्वाचन आयोगको यथार्थ खर्च निर्वाचन नभएका वर्ष र निर्वाचन भएका वर्षमा अत्यन्त फरक छ । जस्तो, आयोगको कुल खर्च २०७१ सालमा ४७ करोड र २०७२ सालमा ४३ करोडजति भएकामा २०७३ र २०७४ सालमा क्रमशः ५ अर्ब ७६ करोड र ८ अर्ब ९५ करोड भएको थियो ।
साहित्य एक व्यापक विधा हो, यसमा लेखकहरूलाई संरचनागतबाहेक अन्य बन्धनमा बाँध्न खोजिँदैन । यो जति पनि फैलिन सक्छ, जुनसुकै कुनामा गएर बस्न सक्छ । अर्कोतिर अर्थशास्त्र तथ्याङ्कहरूमा, स्थापित सिद्धान्तहरूमा वा गणित प्रयोग गरेर बनाइएका मोडेलहरूमा आधारित भएर सावधान भएर बोल्नुपर्ने क्षेत्र हो । साहित्य र अर्थशास्त्र नदीका दुई किनार भने होइनन् । एकातिर आर्थिक नीतिहरूले साहित्यको संवर्द्धनमा असर पार्छन् ।
चिसो मौसममा काठमाडौंमा धर्ना बसेका किसानका दुःख हामीले सहरको आँखाबाट अहिले देखेका छौं तर तिनका दुःख सधैं अनगिन्ती थिए । तिनले उब्जानीको सत्तरी प्रतिशतसम्म कर तिरेको इतिहास छ । सयौं वर्षअघि मुलुक एकीकरणको बोझ पनि गह्रुँगो करमार्फत तिनैले उठाएका हुन् ।
मंसिर–पुसको यो समय धेरैजसो संस्थामा वार्षिक साधारणसभाको चटारो हुने गर्छ । गैरकार्यकारी भूमिकामा रहेका सञ्चालक समितिका सदस्यहरूलाई आन्तरिक लेखापरीक्षणका रिपोर्टहरूले नरमाइलो झट्का दिन सक्ने समय पनि हो यो ।
सन १९५० को दशकदेखि नै हान्स सिंगर, अमर्त्य सेन लगायतका विभिन्न अर्थशास्त्रीले मुलुकको विकासमा पुँजी संकलन तथा बचतको महत्त्वपूर्ण भूमिकाका बारेमा लेखेका छन् । असीको दशकसम्म आइपुग्दा विकासका लागि नाम कमाएका थाइल्यान्ड र इन्डोनेसियाजस्ता मुलुकले एक त मुलुकभित्रको बचतको दर बढाएका थिए भने, अर्को त्यसलाई औद्योगीकरणमा प्रयोग गरेका थिए ।
तत्कालीन इस्ट इन्डिया कम्पनीका दूत रेजिडेन्ट ब्रायन हडसनले जुन १८३७ मा भारतका गभर्नर जनरल लर्ड अकल्यान्डका निजी सचिव कोल्भिनलाई लेखेको चिठीमा नेपालको तत्कालीन आर्थिक प्रशासनको प्रशंसा गरेका थिए । उनका अनुसार भीमसेन थापाका पालाका मुलुकी खरदार गुणवन्त सक्षम आर्थिक प्रशासक थिए ।
गएको महिना हाम्रो देशमा विभिन्न महिला यौन तथा अन्य हिंसाको सिकार भएका खबरहरू पत्रपत्रिकामा आए । बझाङको मस्टा गाउँपालिकामा बाह्र वर्षीया बालिकाको बलात्कारपछि हत्या र लगभग त्यस्तै घटना सुनसरीको बराह गाउँपालिकामा भएका खबरले राष्ट्र तरंगित बनाए ।
(क) टाकुराका मान्छेहरू :लेखक भरत भुर्तेलले पूर्वराष्ट्रपति रामवरण यादवसम्बन्धी पुस्तकको शीर्षक ‘टाकुरोमा एक्लो मान्छे’ राखेका थिए । यादव त्यस बेला साँच्चै एक्लो हुनुहुन्थ्यो, न नेपालमा त्यसअघि कुनै राष्ट्रपति थिए, न त कुनै मधेसी किसानको छोरो समग्र मुलुकको मर्यादाक्रममा सबैभन्दा माथि पुगेको नजिर थियो ।
कुलमान घिसिङको सम्भावित बहिर्गमनको चर्चाले मुलुकको वातावरण गएको हप्ता उद्वेलित बनायो । यो वास्तवमा जलविद्युत्मा अबको बाटो के हो भनेर सोच्नुपर्ने समय पनि हो । हामीले लामो समयदेखि मुलुकको प्रगति गर्ने सिँढीका रूपमा मुलुकभित्रै कच्चा पदार्थ भएका उद्योगहरूको प्रवर्द्धनलाई लिएका थियौं ।