सुधीर शर्मा

सुधीर शर्माका लेखहरु :

बालकोटको बार्दलीमा खुम्चिएको अतिवाद

‘बुझ्नुभो, अब तपाईंहरूले मेरोबारेमा राम्रै–राम्रो मात्र लेख्नुहुनेछ,’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक यसो भन्दा हामी छक्क परेका थियौं । कान्तिपुरले बर्सेनि आयोजना गर्ने म्याराथन कार्यक्रमको उद्घाटन प्रायः प्रधानमन्त्रीबाट हुने गर्थ्यो, ओलीलाई पनि हामीले २०७५ जेठ ५ गते त्यसैका निम्ति कार्यालयमा निम्त्याएका थियौं ।

अस्थिरताका निमित्त नायक

प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा भनाइ केही समययता नेकपावृत्तमा चर्चित थियो– मलाई हटाउन खोजियो भने कुर्सी भाँचभुँच पारेर मात्र छाड्छु ! त्यो दिन २०७७ पुस ५ गते रहेछ । उनले कुर्सी त छाडेनन्, तर त्यसलाई भाँच्ने क्रम भने थालेका छन् ।

तेस्रो चरणको जटिलतामा कालापानी

अहिले चीनको तिब्बतमा पर्ने कैलास–मानसरोवर यस्तो साझा धार्मिक थलो हो, जसलाई हिन्दू, बौद्ध, बोन र जैन धर्मावलम्बीहरूले छुट्टाछुट्टै कारणले महत्त्वपूर्ण मान्छन् । त्यसैले त्यहाँ तीर्थ गर्न जाने चलन सयौं वर्षदेखि चल्दै आएको छ ।

प्रधानमन्त्रीको रक्षात्मक अवतार

दोस्रो पटक सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीबारे एउटा भनाइ चर्चित छ– उनी सुन्ने कम, बोल्ने बढी गर्छन् । एकोहोरो बोलेरै उनले मन्त्रिपरिषद्का लामा–लामा बैठकहरू सक्ने गरेका दृष्टान्त यसबीचमा थुप्रै सुनिएका छन् । मंगलबार अपराह्न बालुवाटार निवासमा दुई दर्जन सम्पादक–पत्रकारसँग भने उनी फरक शैलीमा प्रस्तुत भए । पहिले दुई घण्टा हाम्रा प्रश्न र धारणा सुन्न चाहे, त्यसपछि एक घण्टा आफ्ना कुरा राखे ।