नेपालको मौलिक भूधरातल, पहाडी तथा हिमाली पारिस्थितिकीय र नेपाली समाजको विशिष्टतालाई पूर्ण उपेक्षा गरी बाहिरबाट आयात गरिने कृषि रूपान्तरणको कुनै पनि ढाँचा नेपालमा कहिल्यै सफल हुन सक्दैन
नेपालजस्तो विविध प्रकृति र जैविक प्रचुरता भएको देशमा परम्परागत प्राकृतिक खेती प्रणाली उन्नत बनाउनुको सट्टा आयातित रासायनिक खेतीलाई जोड दिँदा हामी परनिर्भर मात्रै बनेका छैनौं, अदृश्य मन्द विषको चक्रमा पनि फसिरहेका छौं । तर, किन हाम्रा नीति निर्माता र योजनाकार मन्द विषकै पक्षपोषण गरिरहन्छन् ?
अहिलेको जनमतले खोजेको परिवर्तन हाम्रा गाउँहरू फेरि भरिभराउ हुन्, खेतबारीमा हरियाली फर्कियोस् र हाम्रा छोराछोरीले विषादीरहित स्वस्थ खाना खान पाऊन् भन्ने हो । यो परिवर्तन ल्याउने साहस र दृढता तपाईंको नेतृत्वमा सम्भव छ ।
‘हरित क्रान्ति’ का नाममा भित्रिएका गह्रौं यन्त्र, एकल बाली प्रणाली र रासायनिक विषादीको प्रयोगले पहाडको संवेदनशील माटो खलबल्याएको छ । पहाडको एकीकृत कृषि–वन प्रणाली ध्वस्त छ । वन–बस्तुभाउ र खेतीको चक्रीय सम्बन्ध टुटेको छ । पहाडको माटो बगेर बंगालको खाडीमा मिसिएको छ ।
अहिले गाउँबस्तीमा केवल पाका पुस्ता छन्। यिनको सेखपछि खेतबारी कसले सम्हाल्छ ? न उनीहरूलाई थाहा छ, न खाद्य अधिकारको नारा भट्याउनेलाई नै !
युवाको विदेश पलायनसँगै कृषिमा संलग्न हुँदै आएका परिवारसमेत तुलनात्मक रूपमा सहज बजार क्षेत्रमा सरेसँगै कृषिकर्मबाट टाढाटाढा हुँदै गएका छन्, यसको प्रत्यक्ष प्रभाव कृषिकर्म, खेती प्रणाली र खाद्यान्न आयातमा परेको छ
अहिले भइरहेको प्रकृति दोहन, वातावरण विनाश र जैविक विविधता नाश हुँदै फैलिएको विष खन्चुवा कृषि चेतको उपज हो । यसको प्रभावले हावा, पानी, माटो र खाना मात्र छैन, समाज र राजनीति झनै विषाक्त भएको छ । यसले बाँच्नका लागि खाना र खानाका लागि खेतीपाती गर्ने किसानी संस्कृतिलाई पाखा लगाएको छ ।
घट्दै गएको प्रांगारिक पदार्थको पुनर्भरण नै निरन्तर मर्दै गरेको माटोलाई पुनर्जीवित गर्ने एक मात्र उपाय हो
अहिलेकै कृषि अर्थतन्त्रको ढाँचामा हाम्रो पहाडे कृषि प्रतिस्पर्धी हुनै सक्दैन । पहाड क्षेत्रमा स्थानीय विशेषताको कृषि प्रणाली उन्नत बनाउने सोच नहुँदा कृषि निरन्तर पलायनको यात्रामा छ ।