अहिले बहुसंख्यक युवामा समाज विज्ञान–चेतनाको अभाव छ । उच्च शिक्षामा मानविकी तथा समाज विज्ञान शिक्षाको महत्त्व अत्यन्तै गहिरो र बहुआयामिक हुन्छ ।
जेन-जी आन्दोलनको प्रमुख माग सुशासन थियो र सुशासनको प्रमुख आधार भनेको विधिको शासन हो। तर, यस आन्दोलनका केही 'स्वघोषित किङ-मेकर' को लहैलहैमा सरकारको नेतृत्व लाग्ने हो भने यसले सुशासनको सुनिश्चितता गर्दैन, बरु संस्थागत अराजकता बढाउँछ।
के संसद्मा छलफलमा रहेको भूमि ऐनले भूमिहीनहरूका बारेमा स्पष्ट व्यवस्था गर्ला त ? आशा गरौँ, अब छिट्टै बनकरियालगायत अन्य त्यस्तै आवास तथा भूमिहीनलाई स्थायी बसोबासको व्यवस्था सुनिश्चित हुनेछ र उनीहरूले पनि सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक हकको उपभोग गर्न पाउनेछन् ।
हिजोआज ‘फुर्सद’ भनेकै सामाजिक सञ्जाल र ‘इन्टरनेट–एडिक्सन’ हो । हजुरआमादेखि जेन–जीसम्म सञ्जालमै अल्झिरहेका छन् । इन्टरनेट जीवनशैली बन्नुअघि हाम्रा बाजे-बज्यै फुर्सदमा के गर्थे ?
सगरमाथा संवाद संसारका हिमाली र समुद्र तटीय देशलाई एक ठाउँमा ल्याएर हिमालको मुद्दा दस्ताबेजीकरण गर्ने दिशातर्फ अग्रसर हुनुपर्छ
विभिन्न रूप धारण गरी प्रेमाचारमा लिप्त महादेव–पार्वतीको कथावर्णन पढेपछि लाग्छ– यो जोडी आजभोलिका कुनै रोमान्टिक सिनेमाका नायक–नायिका वा ‘कलेज बंक’ पछि पार्कतिर घुमिहिँड्ने टिनएजर्स हुन्
बाढी, पहिरो, खडेरी, आगलागीबाट सबैभन्दा बढी विपन्न तथा सीमान्तकृत समुदाय प्रभावित छन्, जीविकोपार्जनका वैकल्पिक अवसर पनि न्यून हुने कारण उनीहरू प्रकोपको मार खेप्न बाध्य हुन्छन्